-
१ समुएल २५:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यस दौडान नाबालका एक जना सेवकले नाबालकी पत्नी अबिगेललाई भने: “दाउदले हाम्रा मालिकलाई शुभकामना दिन निर्जनभूमिबाट सन्देशवाहकहरू पठाएका थिए। तर मालिकले भने तिनीहरूलाई हकारेर तिनीहरूको बेइज्जत गर्नुभयो।+
-
-
मत्ति २७:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब उहाँलाई धोका दिने यहुदा उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको देखेर पछुताए र आफूले लिएको ३० टुक्रा चाँदी मुख्य पुजारीहरू र धर्मगुरुहरूलाई फर्काउँदै+ ४ यसो भने: “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेँ।” तर तिनीहरूले यसो भने: “हामीलाई के मतलब? तिम्रो कुरा तिमी आफै जान!”
-