-
२ समुएल १६:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि राजाले सोधे: “तिम्रा मालिकका छोरा* कहाँ छन्?”+ तब सिबाले राजालाई जवाफ दिए: “उहाँ यरुसलेममै हुनुहुन्छ। उहाँले मलाई यसो भन्नुभयो: ‘आज इस्राएलको घरानाले मेरो बुबाको राज्य मलाई फिर्ता दिनेछ।’”+ ४ अनि राजाले सिबालाई भने: “हेर, मपिबोसेतको अधिकारमा भएको सबै कुरा आज म तिमीलाई दिन्छु।”+ सिबाले भने: “हे मेरा प्रभु, मेरा महाराज! म हजुरसामु शिर झुकाउँछु। मैले यसरी नै हजुरको कृपा पाइरहन सकूँ।”+
-
-
२ समुएल १९:२५-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ जब मपिबोसेत राजालाई भेट्न यरुसलेम* आए, तब राजाले उनलाई सोधे: “मपिबोसेत, तिमी किन मसित आएनौ?” २६ तब उनले राजालाई जवाफ दिए: “हे मेरा प्रभु! मेरा महाराज! हजुरको यो सेवक+ कूँजो छ भनेर हजुरलाई थाहै छ।+ मैले मेरो सेवकलाई भनेको थिएँ: ‘मेरो गधामा काठी कसिदेऊ र म त्यसमा चढेर राजासित जान्छु।’ तर उसले मलाई झुक्क्यायो। २७ उसले मेरो विषयमा हजुरलाई भए नभएको कुरा बताएर मेरो बदनाम गऱ्यो।+ हे मेरा प्रभु! मेरा महाराज! हजुर साँचो परमेश्वरको स्वर्गदूतजस्तै हुनुहुन्छ। त्यसैले हजुरलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्।
-
-
हितोपदेश २५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ आफ्नो छिमेकीलाई मुद्दा हाल्न हतार नगर,
उसले तिमीलाई गलत ठहरायो भने तिमी के गर्छौ?+
-