-
उत्पत्ति ५०:१९-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तब युसुफले उनीहरूलाई भने: “नडराउनुहोस्, तपाईँहरूको निसाफ गर्न म परमेश्वर हुँ र? २० तपाईँहरूले मेरो हानि गर्न खोजेको भए तापनि+ परमेश्वरले धेरै मानिसको ज्यान जोगियोस् भनेर त्यसलाई भलाइमा परिणत गरिदिनुभयो, जुन कुरा तपाईँहरूले अहिले देखिरहनुभएको छ।+ २१ त्यसैले नडराउनुहोस्। म तपाईँहरूलाई अनि तपाईँहरूका साना केटाकेटीलाई चाहिने खानेकुराको व्यवस्था गरिरहनेछु।”+ यसरी युसुफले आफ्ना दाइहरूलाई सान्त्वना दिएर ढुक्क बनाए।
-
-
मत्ति १८:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तब उहाँकहाँ आएर पत्रुसले सोधे: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्यो भने मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” २२ येसुले तिनलाई जवाफ दिनुभयो: “म भन्छु, ७ पटक होइन, ७७ पटकसम्म।+
-