प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे यहोवा, अटल प्रेम पनि तपाईँकै हो+

      किनकि तपाईँ हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्छ।+

  • उपदेशक ११:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले हे युवा हो, आफ्नो युवावस्थामा रमाऊ र आफ्नो जोबन हाँसीखुसी बिताऊ। तिम्रो हृदय र तिम्रो आँखाले तिमीलाई जता डोऱ्‍याउँछ, त्यतै जाऊ। तर यो कुरा याद राख, साँचो परमेश्‍वरले तिमीले गर्ने सबै कुराको लेखा लिनुहुन्छ।+

  • मत्ति १२:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्‌।+ ३७ किनकि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई धर्मी ठहराइनेछ अनि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई दोषी ठहराइनेछ।”

  • प्रेषित १७:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ किनकि आफ्नो धार्मिक स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ+ र आफूले नियुक्‍त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्युँताएर परमेश्‍वरले सबै मानिसलाई यसको ग्यारेन्टी दिनुभएको छ।”+

  • २ कोरिन्थी ५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्‌, चाहे ती असल काम होऊन्‌ वा खराब।+

  • १ तिमोथि ५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ कसै-कसैको पाप जनसमक्ष प्रकट हुन्छ र तिनीहरूले तुरुन्तै दण्ड पाउँछन्‌ तर अरूको पाप भने पछि मात्र प्रकट हुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने