२ “राष्ट्रहरूमाझ यसको घोषणा गर र यो सन्देश सुनाऊ।
झन्डा ठड्याएर यसको घोषणा गर।
केही नलुकाई सबै सुनाऊ।
यसो भन, ‘बेबिलोनलाई कब्जा गरिएको छ।+
बेलको बेइज्जत भएको छ।+
मरोदक त्रसित भएको छ।
बेबिलोनका मूर्तिहरू लाजमा पारिएका छन्।
त्यसका घिनलाग्दा मूर्तिहरू डरले थरथर काँपेका छन्।’