प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७९:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तपाईँका सेवकहरूको लास तिनीहरूले आकाशका चराचुरुङ्‌गीलाई आहाराको निम्ति दिएका छन्‌।

      अनि तपाईँका वफादार जनहरूको लास तिनीहरूले जमिनका जङ्‌गली जनावरहरूलाई खुवाएका छन्‌।+

       ३ तिनीहरूले उनीहरूको रगत यरुसलेमभरि पानीसरह बगाएका छन्‌,

      उनीहरूको लास गाड्‌न कोही बाँकी छैन।+

  • यसैया ५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसैले यहोवाको क्रोध उहाँका मानिसहरूमाथि दन्कनेछ।

      उहाँले आफ्नो हात उठाएर तिनीहरूलाई हिर्काउनुहुनेछ।+

      पहाडहरू थरथर काँप्नेछन्‌

      र तिनीहरूको लास सडकको फोहोरमैलाझैँ हुनेछ।+

      तैपनि उहाँको रिस मरेको छैन।

      तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।

  • यर्मिया ७:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ अनि ती लासहरू आकाशका चराचुरुङ्‌गी र जमिनका पशुहरूका आहारा हुनेछन्‌ र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+

  • यर्मिया ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिमीले यसो भन्‍नू, ‘यहोवा घोषणा गर्नुहुन्छ:

      “मानिसहरूका लास जमिनमा मलसरि पस्रिरहनेछन्‌,

      बाली काटेपछिको बिटासरि पस्रिरहनेछन्‌,

      तिनीहरूलाई उठाउने कोही हुनेछैन।”’”+

  • यर्मिया ३६:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसैले यहुदाका राजा यहोयाकिमविरुद्ध यहोवा यसो भन्‍नुहुन्छ, ‘दाउदको सिंहासनमा बस्नलाई उसको कोही पनि सन्तान बाँकी रहनेछैन।+ उसको लास त्यसै छोडिनेछ अनि त्यसलाई दिनमा घामको रापले र रातमा तुसारोले खानेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने