-
यर्मिया १:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हेर, मैले आज तिमीलाई देश-देश र राज्य-राज्यमाथि अधिकार दिएको छु। जातिजातिलाई उखेल्ने र भत्काउने, विनाश गर्ने र धुजा-धुजा पार्ने अनि रोप्ने र निर्माण गर्ने अधिकार।”+
-
-
यर्मिया २५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ म उत्तरको राज्यका सबै कुललाई बोलाउनेछु।+ म आफ्नो सेवक,+ बेबिलोनको राजा नबुकद्नेजरलाई बोलाउनेछु। म तिनीहरूलाई यो देश,+ यहाँका बासिन्दाहरू र वरपरका सबै राष्ट्रमाथि आक्रमण गर्न लगाउनेछु।+ म यी सबलाई नाश गर्नेछु र सदाको लागि उजाड पारिदिनेछु। तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन् र उनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्,” यहोवा घोषणा गर्नुहुन्छ।
-
-
यर्मिया ४५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “त्यसैले उसलाई यसो भन, ‘यहोवा भन्नुहुन्छ: “हेर, मैले जे निर्माण गरेँ, त्यो भत्काउँदै छु अनि जे रोपेँ, त्यो उखेल्दै छु! म देशभरि त्यसो गर्दै छु।+
-