-
व्यवस्था २९:२४-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यो देखेपछि तिमीहरूका सन्तान, विदेशीहरू र सबै जातिले यस्तो प्रश्न सोध्नेछन्, ‘यहोवा परमेश्वरले यस देशको हालत किन यस्तो बनाउनुभयो?+ यस देशमाथि उहाँको यस्तो भयानक क्रोध किन दन्कियो?’ २५ तब मानिसहरूले भन्नेछन्, ‘तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा तिनीहरूका पुर्खाका परमेश्वर यहोवाले गर्नुभएको करार तिनीहरूले तोडेकोले यस्तो भएको हो।+ २६ तिनीहरूले अरू देवताहरूलाई पुजे र ढोगे; ती देवताहरूलाई तिनीहरू चिन्दैनथे र परमेश्वरले ती देवताहरूलाई पुज्न निषेध गर्नुभएको थियो।+
-
-
१ राजा ९:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन् र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्नेछन्, ‘यहोवा परमेश्वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ ९ अनि उनीहरूले भन्नेछन्, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने आफ्ना परमेश्वर यहोवालाई त्यागे अनि अरू देवीदेवताको पछि लागेर तिनीहरूलाई दण्डवत् गरे र पुजे। त्यसैले यहोवाले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+
-