-
२ राजा २३:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तिनको शासनकालमा मिश्रका फारो नेको अस्सेरियाका राजालाई मदत गर्न युफ्रेटिस नदीतर्फ लागे। त्यसबेला राजा योसियाह नेकोविरुद्ध लडाइँ गर्न गए। तर जब नेकोले योसियाहलाई देखे, तब उनले तिनलाई मगिद्दोमा मारे।+ ३० योसियाहका सेवकहरूले तिनको लास रथमा हालेर मगिद्दोबाट यरुसलेम ल्याए र तिनलाई तिनकै निम्ति बनाइएको चिहानमा गाडे। त्यसपछि देशका मानिसहरूले योसियाहका छोरा यहोअहाजलाई अभिषेक गरेर उनको बुबाको ठाउँमा राजा बनाए।+
-