-
विलाप २:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ रुँदा-रुँदा मेरा आँखाहरू टट्ट्याइसके।+
मेरा भित्री अङ्गहरू* मडारिँदै छन्।
मेरा मानिसहरूकी छोरीको* पतन देखेर+
अनि केटाकेटी र दूधेबालक सहरका चोक-चोकमा मुर्छा परेको देखेर+ मेरो मुटु छियाछिया भएको छ।*
ל [लामेद]
१२ तिनीहरू सहरका चोक-चोकमा घाइते मान्छेजस्तै मुर्छा परेर लड्दा
अनि आमाको काखमा घिटीघिटी हुँदा
तिनीहरू आफ्ना आमाहरूलाई “खै त आमा, खानेकुरा अनि पिउने कुरा” भन्दै मागिरहन्छन्।+
-