२४ त्यसपछि यहोवा परमेश्वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। हो, यहोवा परमेश्वरले नै आकाशबाट त्यस्तो विपत्ति पठाउनुभयो।+२५ यसरी उहाँले यर्दनको सबै इलाका, त्यहाँ बसोबास गर्ने सबै मानिस अनि बोटबिरुवासमेत सबै थोक नाश गर्नुभयो।+
१२ हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+