१३ तपाईँ पक्कै उठ्नुहुनेछ र सियोनमाथि कृपा देखाउनुहुनेछ+
किनकि त्यसलाई तपाईँको अनुग्रह देखाउने समय भइसकेको छ,+
तोकिएको समय आइसकेको छ।+
१४ किनकि तपाईँका सेवकहरू त्यसका ढुङ्गाहरूमा प्रसन्न हुन्छन्,+
त्यसको माटोलाई समेत माया गर्छन्।+
१५ राष्ट्रहरूले यहोवाको नामको डर मान्नेछन्
अनि पृथ्वीका सबै राजा तपाईँको महिमा देखेर डराउनेछन्।+