प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८०:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हे सेनाहरूका परमेश्‍वर, बिन्ती छ, फर्कनुहोस्‌।

      स्वर्गबाट तल हेर्नुहोस्‌!

      यो अङ्‌गुरको बोटको हेरचाह गर्नुहोस्‌;+

      १५ यो हाँगाको,* जुन तपाईँले आफ्नै दायाँ हातले रोप्नुभएको थियो;+

      यो छोरालाई* हेर्नुहोस्‌, जसलाई तपाईँले आफ्नो निम्ति बलियो पार्नुभएको थियो।+

      १६ यसलाई काटिएको छ र आगोमा जलाइएको छ।+

      तपाईँको हप्कीले तिनीहरू नष्ट हुन्छन्‌।

  • यसैया ५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसकारण जसरी आगोको एउटा लप्कोले भुस खरानी बन्छ

      अनि जसरी सुकेको घाँस आगोमा भस्म हुन्छ,

      त्यसरी नै तिनीहरू नाश हुनेछन्‌।

      तिनीहरूको जरा कुहिनेछ र तिनीहरूको फूल धुलोजस्तै छरपस्ट हुनेछ।

      किनकि तिनीहरूले सेनाहरूका यहोवाको व्यवस्था* पालन गरेनन्‌

      र इस्राएलका पवित्र परमेश्‍वरको वचनको अनादर गरे।+

  • यर्मिया ७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, ‘हेर! मेरो रिस र क्रोध यो ठाउँ,+ यहाँका मानिस, जनावर, बोटबिरुवा र फसल सबैमा खनिनेछ। ती सब जलेर खरानी हुनेछन्‌ र त्यसको आगो कहिल्यै निभ्नेछैन।’+

  • इजकिएल २०:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ दक्षिणको वनलाई भन्‍नू, ‘यहोवाको वचन सुन्‌। ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म तँविरुद्ध आगो सल्काउनेछु+ र त्यसले तँकहाँ भएका सबै रूख भस्म पार्नेछ, चाहे ती हरिया होऊन्‌ वा सुकेका। यो दन्केको आगो निभ्नेछैन+ र दक्षिणदेखि उत्तरसम्म सबैको अनुहार डढ्‌नेछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने