७ एदोमबारे सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“के तेमानबाट+ बुद्धि हराएकै हो?
के समझदार मानिसहरूले राम्रो सल्लाह दिन छाडेकै हुन्?
के तिनीहरूको बुद्धि कुहिसकेकै हो?
८ ए ददानका+ बासिन्दाहरू हो!
फर्क! भाग! गएर गहिरा खाडलहरूमा लुक!
किनकि मैले एसावलाई सजाय दिने समय आएपछि
म त्यसमाथि विपत्ति ल्याउनेछु।