-
दानिएल ४:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ हजुरलाई मानिसहरूको माझबाट धपाइनेछ अनि जमिनका पशुहरूसित हजुरको बास हुनेछ। हजुरले गोरुले जस्तै घाँस खानुपर्नेछ। हजुरलाई आकाशको शीतले भिजाउनेछ+ र सात काल+ यसरी नै बित्नेछ।+ तब सर्वोच्च परमेश्वर नै मानिसजातिका शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरले जान्नुहुनेछ।+
-
-
प्रेषित १२:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ उनको कुरा सुनेर त्यहाँ भेला भएका मानिसहरू यसो भन्दै कराउन थाले: “यो त मानिसको होइन, देवताको बोली हो!” २३ परमेश्वरलाई महिमा नदिएकोले यहोवा* परमेश्वरका स्वर्गदूतले उत्तिखेरै उनलाई प्रहार गरे अनि स्याउँस्याउँती किरा परेर उनी मरे।
-