-
२ राजा १०:२९-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तर नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, येहुले त्यो पाप गर्न छोडेनन्। तिनले बेथेल र दानबाट सुनका बाछाहरू हटाएनन्।+ ३० यहोवा परमेश्वरले येहुलाई भन्नुभयो: “आहाबको घरानालाई म जे गर्न चाहन्थेँ, तिमीले त्यही गऱ्यौ।+ यसरी तिमीले मेरो नजरमा जे असल छ, त्यो गऱ्यौ। तिमीले सही कदम चालेको हुनाले म तिम्रो चार पुस्तालाई इस्राएलको सिंहासनमा बस्न दिनेछु।”+ ३१ तर येहुले सारा हृदयले+ इस्राएलका परमेश्वर यहोवाको नीतिनियम पालन गरेनन्। यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, येहुले त्यो पाप गरिरहे।+
-