प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ११:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ परमेश्‍वरले त्यस देशमा तिमीहरूलाई ठीक-ठीक समयमा आकाशबाट पानी दिनुहुनेछ। शरद्‌ र वसन्त ऋतुको वर्षा समयमै हुनेछ अनि तिमीहरूले आ-आफ्नो अन्‍न भित्र्याउनेछौ, नयाँ मद्य बनाउनेछौ र तेल पेल्नेछौ।+

  • यर्मिया १४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ जातिजातिका व्यर्थका मूर्तिहरूले झरी बर्साउन सक्छन्‌ र?

      अथवा के आकाश आफैले पानी बर्साउन सक्छ र?

      हे यहोवा, हाम्रा परमेश्‍वर! त्यसो गर्न सक्ने त तपाईँ मात्र हुनुहुन्छ।+

      हामी तपाईँमै भर पर्छौँ

      किनकि यी सब गर्ने तपाईँ नै हुनुहुन्छ।

  • यर्मिया ५१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ उहाँ बोल्दा

      आकाशका पानीहरू छचल्किन्छन्‌;

      पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।

      उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ*

      अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+

  • इजकिएल ३४:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तिनीहरूलाई र मेरो डाँडावरपरका ठाउँहरूलाई म आशिष्‌ दिनेछु।*+ म ठीक-ठीक समयमा झरी बर्साउनेछु। झरीजस्तै तिनीहरूमाथि आशिष्‌ बर्सनेछ।+

  • योएल २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ ए सियोनका छोराहरू हो, खुसी होओ र यहोवा तिमीहरूका परमेश्‍वरलाई सम्झेर रमाओ।+

      किनकि उहाँले तिमीहरूलाई शरद्‌ ऋतुमा प्रशस्त झरी दिनुहुनेछ,

      उहाँले तिमीहरूको लागि पानी बर्साउनुहुनेछ,

      पहिले जस्तै उहाँले तिमीहरूको लागि शरद्‌ ऋतुमा र वसन्त ऋतुमा पानी बर्साउनुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने