-
२ इतिहास १५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ धेरै समयसम्म साँचो परमेश्वर इस्राएलीहरूमाझ हुनुहुन्न थियो। उनीहरूकहाँ शिक्षा दिने पुजारीहरू थिएनन् र व्यवस्था पनि थिएन।+
-
-
नहेम्याह ८:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ लेवीहरू यसुआ, बानि, सेरेब्याह,+ यामिन, अक्कुब, साब्बथै, होदियाह, मासेयाह, केलिता, अजर्याह, योजाबाद,+ हानान र पलायाहले मानिसहरूलाई व्यवस्थामा लेखिएको कुरा बुझाउन थाले।+ अनि मानिसहरूले उभिएरै उनीहरूको कुरा सुनिरहे। ८ उनीहरूले साँचो परमेश्वरको व्यवस्थाको पुस्तक ठूलो स्वरमा पढिरहे अनि त्यहाँ लेखिएका कुराहरू मानिसहरूलाई स्पष्टसित बुझाइदिए र त्यसको अर्थ पनि खुलाइदिए। यसरी उनीहरूले मानिसहरूलाई सुनेको कुरा बुझ्न मदत गरे।+
-
-
इजकिएल ४४:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “‘तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र साधारण कुराबीच अनि शुद्ध र अशुद्ध कुराबीच फरक छुट्ट्याउन सिकाउनुपर्छ।+ २४ तिनीहरूले न्यायकर्ता भएर मुद्धामामिलाको सुनुवाइ गर्नुपर्छ+ र मेरो फैसलाअनुसारै त्यसको छिनोफानो गर्नुपर्छ।+ तिनीहरूले मेरा सबै चाडपर्वका नियमहरू अनि विधिविधान पालन गर्नुपर्छ+ र मेरो विश्रामदिनलाई* पवित्र मान्नुपर्छ।
-