-
मत्ति १३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बाक्लो भएका छन् अनि तिनीहरूले आफ्ना आँखा चिम्लिएका छन् नत्र त तिनीहरूले आफ्ना आँखाले देख्ने थिए, कानले सुन्ने थिए, बुझेर हृदयमा लिने थिए र मकहाँ फर्केर आउने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।’+
-
-
लुका १०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसै बेला उहाँ असाध्यै खुसी हुनुभयो र पवित्र शक्तिले भरिएर यसो भन्नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान् र बुद्धिजीवीहरूबाट+ होसियारीसाथ लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ। हो बुबा, यसै गर्न तपाईँलाई उचित लाग्यो।+
-
-
१ कोरिन्थी १:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तर बुद्धिमान् मानिसहरूलाई सरममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई रोज्नुभयो अनि बलिया कुराहरूलाई सरममा पार्न परमेश्वरले संसारका कमजोर कुराहरूलाई रोज्नुभयो।+
-