प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ४:१-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • लुका ४:१-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब येसु पवित्र शक्‍तिले भरिएर यर्दन नदीबाट जानुभयो र पवित्र शक्‍तिले उहाँलाई निर्जनभूमितर्फ डोऱ्‍यायो,+ २ जहाँ उहाँले ४० दिन बिताउनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन। त्यसैले ती दिनहरू बितेपछि उहाँ भोकाउनुभयो। तब दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्‍यो।+ ३ दियाबलले उहाँलाई यसो भन्यो: “यदि तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यो ढुङ्‌गा रोटी भइजाओस्‌ भन्‍नुहोस्‌।” ४ तर येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन।’”+

      ५ त्यसपछि दियाबलले उहाँलाई अग्लो ठाउँमा लग्यो र छिनभरमै संसारका सबै राज्य देखायो।+ ६ अनि त्यसले उहाँलाई भन्यो: “म यी सबै राज्यको अख्तियार अनि त्यसको महिमा तपाईँलाई दिनेछु। किनकि ती मलाई दिइएका छन्‌+ र जसलाई इच्छा लाग्छ, म उसैलाई दिन्छु। ७ तपाईँले मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक तपाईँकै हुनेछ।” ८ येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+

      ९ त्यसपछि त्यसले उहाँलाई यरुसलेममा लग्यो र मन्दिरको पर्खालको बुर्जामा* राख्यो र उहाँलाई भन्यो: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्‌+ १० किनभने यस्तो लेखिएको छ, ‘तिमीलाई जोगाउन उहाँले आफ्ना स्वर्गदूतहरूलाई हुकुम गर्नुहुनेछ’ ११ र ‘उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्‌ ताकि तिम्रो खुट्टा ढुङ्‌गामा नबजारियोस्‌।’”+ १२ येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो भनिएको छ, ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू।’”+ १३ यसरी सबै परीक्षा लिइसकेपछि अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि दियाबलले उहाँलाई छोडेर गयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने