-
मत्ति १७:१४-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ जब उहाँहरू भीडको नजिकै पुग्नुभयो,+ तब एक जना मानिस उहाँकहाँ आयो र घुँडा टेकेर यसो भन्न थाल्यो: १५ “प्रभु, मेरो छोरामाथि कृपा देखाउनुहोस् किनभने छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा लड्छ।+ १६ मैले उसलाई तपाईँका चेलाहरूकहाँ लगेँ तर उनीहरूले निको पार्न सकेनन्।” १७ तब येसुले भन्नुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”
-