-
मत्ति १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+
-
-
लुका ९:४४, ४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ “यो कुरा ध्यान दिएर सुन र कहिल्यै नबिर्स, मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ।”+ ४५ तर तिनीहरूले यो कुरा बुझेनन् किनकि यसको अर्थ तिनीहरूबाट लुकाइएको थियो। अनि तिनीहरू उहाँलाई यसको अर्थ सोध्न पनि डराए।
-