-
मत्ति १४:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ भीडलाई पठाइसकेपछि उहाँ प्रार्थना गर्न एक्लै डाँडामा उक्लनुभयो।+ साँझ परिसकेको थियो र उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो।
-
-
मर्कुस १४:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ उहाँहरू गेत्समनी भनिने ठाउँमा पुग्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बसिरहनू।”+
-
-
लुका ४:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँतिर जानुभयो।+ तर भीडले उहाँलाई धुइँधुइँती खोज्न थाल्यो र तिनीहरू उहाँ भएको ठाउँमा पुगे। उहाँ तिनीहरूलाई छोडेर कतै नजाऊन् भनी तिनीहरूले उहाँलाई रोक्न खोजे।
-
-
हिब्रू ५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो।
-