प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १४:३-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हेरोदले* आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियासको कारण युहन्‍नालाई पक्रेका थिए र तिनलाई बाँधेर झ्यालखानामा हालेका थिए।+ ४ किनकि युहन्‍ना हेरोदलाई यसो भन्‍ने गर्थे: “तपाईँले उसलाई पत्नी बनाउनु ठीक होइन।”+ ५ हेरोद तिनलाई मार्न चाहन्थे तर उनी मानिसहरूसित डराउँथे किनभने तिनीहरूले युहन्‍नालाई भविष्यवक्‍ता ठान्थे।+

  • मर्कुस ६:१७-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हेरोदले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियाससित विवाह गरेका थिए। त्यसैकारण हेरोद आफैले मानिसहरू पठाएर युहन्‍नालाई पक्रेका थिए अनि बाँधेर झ्यालखानामा हालेका थिए।+ १८ किनकि युहन्‍ना हेरोदलाई यसो भन्‍ने गर्थे: “तपाईँले आफ्नी भाउजूलाई आफ्नी पत्नी बनाउनु ठीक होइन।”+ १९ त्यसैले हेरोदियासले मनमा ईख पालिराखेकी थिइन्‌ र उनी युहन्‍नालाई मार्न चाहन्थिन्‌ तर सकेकी थिइनन्‌। २० युहन्‍ना धर्मी र पवित्र मानिस हुन्‌ भनेर थाह भएकोले हेरोद तिनीसँग डराउँथे+ र तिनलाई जोगाइराखेका थिए। तिनको कुरा सुनेपछि हेरोद के गरूँ भनेर अन्योलमा पर्थे तैपनि तिनको कुरा खुसीसाथ सुन्‍ने गर्थे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने