३२ तर म तिमीहरूलाई भन्छु, अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नेले उनलाई व्यभिचार गर्ने जोखिममा पार्छ र जसले त्यसरी सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गरेको ठहरिन्छ।+
११ उहाँले तिनीहरूलाई भन्नुभयो: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेर+ आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ। १२ अनि यदि कुनै स्त्रीले आफ्नो पतिसित सम्बन्धविच्छेद गरेर अर्कोसित विवाह गर्छे भने उसले व्यभिचार गरेको ठहरिन्छ।”+