-
मत्ति २६:६९, ७०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६९ पत्रुस बाहिर चोकमा बसिरहेको बेला एउटी नोकर्नी तिनीकहाँ आएर भनी: “तपाईँ पनि त गालिली येसुसँगै हुनुहुन्थ्यो नि!”+ ७० तर तिनले सबैको अगाडि नकार्दै भने: “तिमी के भन्दै छ्यौ, मलाई थाह छैन।”
-
-
मर्कुस १४:६९, ७०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६९ अनि त्यस नोकर्नीले तिनलाई देखेपछि सँगै उभिरहेकाहरूलाई फेरि भन्न थाली: “यो मानिस पनि तिनीहरूमध्येकै हो।” ७० तिनले फेरि नकार्न थाले। अलिक समयपछि, सँगै उभिरहेका मानिसहरूले पत्रुसलाई फेरि यसो भन्न थाले: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिमी गालिली नै हौ।”
-
-
लुका २२:५८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५८ यसको केही समयपछि अर्को एक जनाले तिनलाई देखे र यसो भने: “तिमी पनि तिनीहरूमध्येकै हौ।” तर पत्रुसले भने: “म होइनँ।”+
-