-
व्यवस्था १६:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “तिमीहरूले सात हप्ता गन्नू; बाली काट्न सुरु गरेको दिनदेखि सात हप्ता गन्न थाल्नू।+ १० सात हप्ता बितेपछि तिमीहरूले आफ्ना परमेश्वर यहोवाको लागि हप्ताहरूको चाड* मनाउनू।+ यहोवा परमेश्वरले तिमीहरूलाई जति आशिष् दिनुहुन्छ, त्यसैको आधारमा तिमीहरूले स्वैच्छिकभेटी चढाउनू।+ ११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी अनि तिमीहरूबीच भएको विदेशी, अनाथ* र विधवासँगै यहोवा तिमीहरूका परमेश्वरसामु खुसीयाली मनाउनू।+
-