१४ अनि पत्रुसको घरमा पुग्नुहुँदा येसुले पत्रुसकी सासू+ ज्वरोले थलिएकी देख्नुभयो।+१५ त्यसैले उहाँले उनको हात छुनुभयो+ र ज्वरोले उनलाई छोड्यो अनि उनी उठेर उहाँको लागि खाना तयार गर्न थालिन्।
२४ येसुले तिनीहरूलाई भन्नुभयो: “यहाँबाट जाओ किनकि सानी ठिटी मरेकी छैन तर निदाइरहेकी छे।”+ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। २५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+