-
मत्ति ५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “मोसाको व्यवस्था वा भविष्यवक्ताहरूको शिक्षालाई रद्द गर्न म आएँ भनी नठान। रद्द गर्न होइन तर पूरा गर्न म आएँ।+
-
-
रोमी ८:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ पापी मानिसहरूले गर्दा कमजोर भएको+ मोसाको व्यवस्थाले जे गर्न सकेन,+ आफ्नो छोरालाई मानिसको रूपमा*+ पठाएर+ परमेश्वरले त्यो पूरा गर्नुभयो। अनि यसरी परमेश्वरले शरीरमा बास गर्ने पापलाई दोषी ठहराउनुभयो ४ ताकि शारीरिक इच्छाअनुसार नभई पवित्र शक्तिको डोऱ्याइबमोजिम चलेर+ हामीले मोसाको व्यवस्थाको उचित माग पूरा गर्न सकौँ।+
-