-
प्रेषित २४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि राज्यपालले मुन्टो हल्लाएर बोल्ने इसारा गरेपछि पावलले भने:
“धेरै वर्षदेखि हजुर यस जातिको न्यायाधीश हुनुहुन्छ भनेर मलाई थाह छ, त्यसैले म खुसीसाथ तपाईँसामु आफ्नो सफाइ पेस गर्छु।+
-
-
प्रेषित २५:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर पावलले जवाफ दिए: “म सिजरको न्यायासनसामु खडा छु र यहीँ मेरो न्याय हुनुपर्छ। मैले यहुदीहरूको केही खराबी गरेको छैनँ, जुन कुरा हजुरले पनि राम्ररी बुझिरहनुभएको छ। ११ केही गरी यदि मैले गल्ती नै गरेको रहेछु र मृत्युदण्ड पाउन लायकको कुनै काम गरेकै रहेछु+ भने म मर्नदेखि पछि हट्दिनँ। तर अर्कोतिर यदि यी मानिसहरूले मलाई जे-जे आरोप लगाएका छन्, त्यसको कुनै आधार छैन भने तिनीहरूलाई खुसी पार्न मलाई तिनीहरूको हातमा सुम्पिने अधिकार कसैसित पनि छैन। म सिजरलाई अपिल गर्छु!”+ १२ तब आफ्ना सल्लाहकारहरूको समूहसित छलफल गरेपछि फेस्तसले भने: “तिमीले सिजरलाई अपिल गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानेछौ।”
-