-
१ तिमोथि ३:२-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको,*+ व्यवस्थित र अतिथि-सत्कार गर्ने+ हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता+ हुनुपर्छ, ३ तिनी पियक्कड+ हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन* बरु व्यावहारिक+ हुनुपर्छ, झगडालु हुनु हुँदैन,+ पैसाको प्रेमी हुनु हुँदैन,+ ४ तिनले आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ* र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ+ ५ (किनकि यदि कुनै पुरुषले आफ्नै घरपरिवारको अगुवाइ लिन जान्दैन भने उसले कसरी परमेश्वरको मण्डलीको हेरचाह गर्न सक्छ र?), ६ तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन+ नत्र त तिनी घमन्डले फुल्नेछन् र तिनले दियाबलले पाएकै जस्तो दण्ड पाउनेछन्। ७ यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ+ नत्र त तिनीमाथि दोष* लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्।
-