११ तर अब म त्यस्ता मानिसहरूसित सङ्गत गर्न छोड्नू+ भनेर तिमीहरूलाई लेख्दै छु, जसले भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध* राख्छ वा जो लोभी+ वा मूर्तिपूजक हो वा जसले गालीगलौज गर्छ* वा जो पियक्कड+ वा लुटाहा हो।+ त्यस्तो मानिससित त खाँदै नखाओ।
५ किनकि तिमीहरूलाई थाह छ अनि तिमीहरूले राम्ररी बुझेका पनि छौ कि अवैध यौनसम्बन्ध*+ राख्ने वा अशुद्ध काम गर्ने वा लोभी,+ जसको अर्थ मूर्तिपूजक हुनु हो, यिनीहरूमध्ये कोही पनि ख्रिष्ट अनि परमेश्वरको राज्यको हकदार हुनेछैनन्।+