प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • पावलले देखेका दर्शनहरू (१-७क)

      • पावलको “शरीरमा एउटा छेस्को” (७ख-१०)

      • महाप्रेषितहरूभन्दा एउटै कुरामा पनि कम छैनँ (११-१३)

      • कोरिन्थीहरूप्रति पावलको चासो (१४-२१)

२ कोरिन्थी १२:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे २:१७; २२:१७, १८

२ कोरिन्थी १२:७

फुटनोट

  • *

    वा “पिटिरहेको।”

मार्जिनल रेफरेन्स

  • +गला ४:१३

२ कोरिन्थी १२:९

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२९

२ कोरिन्थी १२:१०

मार्जिनल रेफरेन्स

  • +फिलि ४:१३

२ कोरिन्थी १२:११

मार्जिनल रेफरेन्स

  • +२को ११:२३

२ कोरिन्थी १२:१२

मार्जिनल रेफरेन्स

  • +२को ६:४
  • +प्रे १४:३; १५:१२; रोमी १५:१८, १९

२ कोरिन्थी १२:१३

मार्जिनल रेफरेन्स

  • +१को ९:११, १२; २को ११:९

२ कोरिन्थी १२:१४

मार्जिनल रेफरेन्स

  • +प्रे २०:३३
  • +१को ४:१४

२ कोरिन्थी १२:१५

मार्जिनल रेफरेन्स

  • +२को १:६; कल १:२४; १थि २:८; हिब्रू १३:१७

२ कोरिन्थी १२:१६

मार्जिनल रेफरेन्स

  • +२को ११:९

२ कोरिन्थी १२:१८

मार्जिनल रेफरेन्स

  • +२को ८:६

२ कोरिन्थी १२:२१

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

  • *

    वा “छाडा आचरणप्रति।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

अरू

२ कोरि. १२:१प्रे २:१७; २२:१७, १८
२ कोरि. १२:७गला ४:१३
२ कोरि. १२:९यसै ४०:२९
२ कोरि. १२:१०फिलि ४:१३
२ कोरि. १२:११२को ११:२३
२ कोरि. १२:१२२को ६:४
२ कोरि. १२:१२प्रे १४:३; १५:१२; रोमी १५:१८, १९
२ कोरि. १२:१३१को ९:११, १२; २को ११:९
२ कोरि. १२:१४प्रे २०:३३
२ कोरि. १२:१४१को ४:१४
२ कोरि. १२:१५२को १:६; कल १:२४; १थि २:८; हिब्रू १३:१७
२ कोरि. १२:१६२को ११:९
२ कोरि. १२:१८२को ८:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी १२:१-२१

दोस्रो कोरिन्थी

१२ हुनत घमन्ड गर्नु फाइदाजनक कुरा होइन तैपनि मैले यसो गर्नै पर्छ। अब म प्रभुबाट पाएको अलौकिक दर्शन* अनि सन्देशहरूबारे+ कुरा गर्छु। २ म ख्रिष्टको एक जना यस्तो चेलालाई चिन्छु, जसलाई १४ वर्षअघि—शरीरमै हो वा विनाशरीर, म जान्दिनँ तर परमेश्‍वर नै जान्‍नुहुन्छ—उठाएर तेस्रो स्वर्गमा लगियो। ३ हो, म त्यस्तो मानिसलाई चिन्छु, जसलाई शरीरमै हो वा विनाशरीर, म जान्दिनँ तर परमेश्‍वर नै जान्‍नुहुन्छ— ४ उठाएर प्रमोदवनमा लगियो र तिनले त्यहाँ यस्तो कुरा सुने, जुन उच्चारण गर्न सकिँदैन र जुन कुनै मानिसले आफ्नो मुखबाट निकाल्नु समेत हुँदैन। ५ यस्तो मानिसमा म घमन्ड गर्छु तर मेरा कमजोरीहरूबाहेक अरू कुरामा म आफ्नो विषयमा घमन्ड गर्दिनँ। ६ यदि मैले घमन्ड गर्न चाहेँ नै भने पनि म अव्यावहारिक हुँदिनँ किनकि म सत्य कुरा बताउँछु। तर म घमन्ड गर्दिनँ ताकि ममा देखेको वा मबाट सुनेको कुराबाहेक अरू कुनै कुराको श्रेय कसैले मलाई नदेओस्‌। ७ मैले त्यस्ता असाधारण सन्देश पाएको छु भन्दैमा कसैले मलाई चाहिनेभन्दा बढी नसम्झोस्‌।

म घमन्डले नफुलूँ भनेर मेरो शरीरमा एउटा छेस्को हालिएको छ,+ जसले मलाई सैतानको स्वर्गदूतले झैँ झापड हानिरहेको* छ ताकि चाहिनेभन्दा बढ्‌ता मेरो प्रशंसा नहोस्‌। ८ यो छेस्को मबाट हटोस्‌ भनेर मैले प्रभुलाई तीन चोटि बिन्ती गरेँ। ९ तर उहाँले मलाई भन्‍नुभयो: “मेरो असीम अनुग्रह तिम्रो निम्ति पर्याप्त छ किनकि कमजोर हुँदा तिमीले मेरो पूरा शक्‍ति पाउँछौ।”+ तसर्थ अत्यन्तै खुसी भएर म आफ्ना कमजोरीहरूमा घमन्ड गर्नेछु ताकि ख्रिष्टको शक्‍ति ममाथि पालझैँ बिछ्याइयोस्‌। १० त्यसैले म ख्रिष्टको खातिर कमजोरीमा, अपमानमा, खाँचोमा, खेदोमा अनि कठिनाइहरूमा खुसी हुन्छु किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।+

११ म अव्यावहारिक भएको छु। तिमीहरूले नै मलाई यस्तो हुन बाध्य पाऱ्‍यौ किनकि तिमीहरूले मेरो पक्षमा बोल्नुपर्थ्यो। किनकि तिमीहरूको नजरमा म केही मोलको नभए तापनि तिमीहरूका महाप्रेषितहरूभन्दा एउटै कुरामा कम साबित भइनँ।+ १२ साँच्चै भन्‍ने हो भने तिमीहरूमाझ मैले देखाएको ठूलो सहनशीलता,+ चमत्कार, आश्‍चर्यजनक कार्य र शक्‍तिशाली कामहरूद्वारा+ म प्रेषित हुँ भन्‍ने प्रमाण तिमीहरूले पाइसक्यौ। १३ तिमीहरूले अरू मण्डलीले भन्दा कुन कुरामा कम अनुमोदन पायौ र? सायद यसैमा कि म तिमीहरूको लागि बोझ बनिनँ।+ कृपया मेरो यो गल्ती माफ गरिदेओ।

१४ हेर, तिमीहरूकहाँ आउन म तयार भएको यो तेस्रो पटक हो र म तिमीहरूका निम्ति बोझ बन्‍नेछैनँ। म तिमीहरूको धनसम्पत्तिको होइन+ तर तिमीहरूको चाहना गर्छु+ किनकि छोराछोरीले आमाबुबाको लागि होइन तर आमाबुबाले छोराछोरीको लागि धनसम्पत्ति थुपारेको आशा गरिन्छ। १५ म तिमीहरूका निम्ति हाँसीखुसी खर्च गर्छु, यहाँसम्म कि आफू पनि पूरै खर्चिन्छु।+ यदि म तिमीहरूलाई यति धेरै प्रेम गर्छु भने के मैले चाहिँ थोरै प्रेम पाउने? १६ तर जे होस्‌, म तिमीहरूको निम्ति बोझ बनिनँ।+ तैपनि तिमीहरू म “धूर्त” थिएँ र मैले तिमीहरूलाई “छल गरेर” फसाएँ भन्छौ। १७ ज-जसलाई मैले तिमीहरूकहाँ पठाएँ, तिनीहरूमध्ये कसैमार्फत पनि मैले तिमीहरूको फाइदा उठाइनँ, उठाएँ र? १८ मैले तितसलाई आग्रह गरेर तिनीसँगै एक जना भाइलाई पठाएँ। के तितसले तिमीहरूबाट कुनै फाइदा उठाए?+ हामीले उस्तै मनोभाव देखायौँ नि, होइन र? हामी एउटै पदचिन्हमा हिँड्‌यौँ नि, होइन र?

१९ यतिन्जेल हामीले तिमीहरूलाई आफ्नो सफाइ दिइरहेका छौँ भनेर के तिमीहरू सोच्दै छौ? बरु ख्रिष्टको चेलाको नाताले हामी त परमेश्‍वरसामु पो बोलिरहेका हौँ। तर प्रियहरू हो, हामी सबै कुरा तिमीहरूकै उत्थानको निम्ति गर्छौँ। २० किनकि मलाई डर लाग्छ कि कतै म आउँदा मैले तिमीहरूलाई सोचेजस्तो नपाउँला अनि तिमीहरूले पनि मलाई आफूले सोचेजस्तो नपाऔला बरु मैले तिमीहरूमाझ कलह, डाह, रिसराग, फूट, निन्दो चर्चो, चुक्लीचाक्ली, घमन्ड अनि गोलमाल भइरहेको पो भेट्टाउँला। २१ म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूसामु लाजमा पार्नुहोला अनि मैले शोक गर्नुपर्ला भन्‍ने चिन्ता मलाई छ किनकि धेरैले आफूले पहिला गरेका पापहरूको पश्‍चात्ताप गरेका छैनन्‌। तिनीहरूले अहिलेसम्म अशुद्धपन, अवैध यौनसम्बन्ध* र निर्लज्ज आचरणप्रति* आफ्नो दृष्टिकोण बदलेका छैनन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने