प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • येसुलाई फेरि जीवित पारिन्छ (१-१०)

      • सिपाहीहरूलाई घुस दिएर झूट बोल्न लगाइन्छ (११-१५)

      • चेला बनाउन आज्ञा (१६-२०)

मत्ति २८:१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:१; लुका २४:१, १०; युह २०:१

मत्ति २८:२

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:४, ५; लुका २४:२, ४

मत्ति २८:३

मार्जिनल रेफरेन्स

  • +प्रे १:१०

मत्ति २८:५

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:६

मत्ति २८:६

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२१; १७:२२, २३; १को १५:३, ४

मत्ति २८:७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३२; २८:१६; मर्कु १४:२८
  • +मर्कु १६:७

मत्ति २८:८

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:८; लुका २४:९

मत्ति २८:११

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:६५

मत्ति २८:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:६४

मत्ति २८:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३२
  • +१को १५:६

मत्ति २८:१८

मार्जिनल रेफरेन्स

  • +एफि १:२०, २१; फिलि २:९

मत्ति २८:१९

मार्जिनल रेफरेन्स

  • +प्रे १:८; रोमी १०:१८; ११:१३; प्रका १४:६
  • +प्रे २:३८; ८:१२

मत्ति २८:२०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२०; १को ११:२३; २प ३:१, २; १यु ३:२३
  • +मत्ति १३:३९, ४९; २४:३

अरू

मत्ति २८:१मर्कु १६:१; लुका २४:१, १०; युह २०:१
मत्ति २८:२मर्कु १६:४, ५; लुका २४:२, ४
मत्ति २८:३प्रे १:१०
मत्ति २८:५मर्कु १६:६
मत्ति २८:६मत्ति १६:२१; १७:२२, २३; १को १५:३, ४
मत्ति २८:७मत्ति २६:३२; २८:१६; मर्कु १४:२८
मत्ति २८:७मर्कु १६:७
मत्ति २८:८मर्कु १६:८; लुका २४:९
मत्ति २८:११मत्ति २७:६५
मत्ति २८:१३मत्ति २७:६४
मत्ति २८:१६मत्ति २६:३२
मत्ति २८:१६१को १५:६
मत्ति २८:१८एफि १:२०, २१; फिलि २:९
मत्ति २८:१९प्रे १:८; रोमी १०:१८; ११:१३; प्रका १४:६
मत्ति २८:१९प्रे २:३८; ८:१२
मत्ति २८:२०प्रे २०:२०; १को ११:२३; २प ३:१, २; १यु ३:२३
मत्ति २८:२०मत्ति १३:३९, ४९; २४:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति २८:१-२०

मत्तिका अनुसार

२८ विश्रामदिनपछि,* हप्ताको पहिलो दिन बिहान झिसमिसेमै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए।+

२ अनि हेर! ठूलो भूकम्प गएको रहेछ किनकि यहोवा* परमेश्‍वरका दूत स्वर्गबाट ओर्लेर आएका थिए र चिहानको मुखमा राखिएको ढुङ्‌गा गुडाएर त्यसमाथि बसिरहेका थिए।+ ३ तिनको रूप बिजुलीजस्तो चम्किलो थियो अनि तिनको लुगा हिउँजस्तै सेतो थियो।+ ४ हो, तिनलाई देखेर पहरेदारहरू डरले कामेर मुर्दासरी भए।

५ तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने: “तिमीहरू नडराओ किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येसुलाई खोज्दै छौ भनी मलाई थाह छ।+ ६ उहाँ यहाँ हुनुहुन्‍न किनकि उहाँले भन्‍नुभएझैँ उहाँ ब्युँतिसक्नुभयो।+ आओ, उहाँलाई राखिएको ठाउँमा हेर। ७ अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्युँतिसक्नुभयो भनेर बताइदेओ र तिनीहरूलाई यसो भन: ‘हेर! उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’ हेर! मैले तिमीहरूलाई यो कुरा भनिदिएको छु।”+

८ त्यसैले तिनीहरू डराउँदै अनि असाध्यै खुसी पनि हुँदै तुरुन्तै चिहानबाट निस्के र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।+ ९ अनि हेर! येसुले तिनीहरूलाई बाटैमा भेट्‌नुभयो र भन्‍नुभयो: “तिमीहरूलाई मेरो अभिवादन छ!” तिनीहरू उहाँको नजिक गए र उहाँको पाउ समातेर दण्डवत्‌ गरे। १० तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “नडराओ! जाओ, मेरा भाइहरूलाई गालिल जान भनिदेओ। तिनीहरूले मलाई त्यहीँ देख्नेछन्‌।”

११ तिनीहरू जाँदै गर्दा केही पहरेदार+ सहरभित्र पसे अनि जे-जे भएको थियो, ती सबै कुरा मुख्य पुजारीहरूलाई सुनाइदिए। १२ तब मुख्य पुजारीहरूले एक ठाउँमा भेला भएर धर्मगुरुहरूसित सल्लाह गरे अनि तिनीहरूले ती सिपाहीहरूलाई चाँदीका टुक्राहरू प्रशस्त मात्रामा दिए १३ र यसो भने: “तिमीहरूले यसो भन्‍नू: ‘त्यसका चेलाहरू राती हामी निदाइरहेको बेला आएर त्यसको लास चोरेर लगेछन्‌।’+ १४ अनि यो कुरा राज्यपालको कानमा पुगेछ भने चिन्ता नगर, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदेऔँला।” १५ तब तिनीहरूले चाँदीका टुक्राहरू लिए अनि आफूलाई सिकाइएअनुसारै गरे। त्यसैले आजको दिनसम्म यहुदीहरूमाझ चारैतिर यही हल्ला चलेको छ।

१६ तब ११ जना चेला गालिलको+ त्यस डाँडामा गए, जहाँ येसुले तिनीहरूलाई जानू भन्‍नुभएको थियो।+ १७ अनि उहाँलाई देखेपछि तिनीहरूले दण्डवत्‌ गरे तर कसै-कसैले भने शङ्‌का गरे। १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+ १९ त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ;+ तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ+ २० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने