प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • पवित्र जमिन र सहर (१-६)

      • कुलनायकको लागि जमिन (७, ८)

      • कुलनायकहरूलाई इमानदार हुने आदेश (९-१२)

      • मानिसहरूले चढाउने भेटीहरू र कुलनायक (१३-२५)

इजकिएल ४५:१

फुटनोट

  • *

    यसले लामो हातलाई जनाउँछ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    वा “सिमानाभित्रको सबै इलाका।”

मार्जिनल रेफरेन्स

  • +यहो १४:१, २; इज ४७:२१, २२
  • +इज ४८:२०
  • +इज ४८:८, ९

इजकिएल ४५:२

मार्जिनल रेफरेन्स

  • +इज ४२:२०
  • +यहो २१:१, २

इजकिएल ४५:४

मार्जिनल रेफरेन्स

  • +इज ४०:४६
  • +इज ४८:१०, ११

इजकिएल ४५:५

मार्जिनल रेफरेन्स

  • +इज ४८:१३
  • +इज ४०:१७

इजकिएल ४५:६

मार्जिनल रेफरेन्स

  • +इज ४८:१५

इजकिएल ४५:७

मार्जिनल रेफरेन्स

  • +इज ४८:२१

इजकिएल ४५:८

मार्जिनल रेफरेन्स

  • +यसै ३२:१; ६०:१७; यर्मि २२:१७; २३:५; इज २२:२७; ४६:१८; मिका ३:१-३
  • +यहो ११:२३

इजकिएल ४५:९

मार्जिनल रेफरेन्स

  • +यर्मि २२:३; मिका ६:८; जक ८:१६
  • +मिका २:२

इजकिएल ४५:१०

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १९:३६; हित ११:१; आमो ८:५; मिका ६:१०, ११

इजकिएल ४५:११

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४५:१२

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    वा “मीना।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१३

इजकिएल ४५:१४

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४५:१५

मार्जिनल रेफरेन्स

  • +लेवी १:४; ६:३०; हिब्रू ९:२२
  • +लेवी २:१
  • +लेवी १:१०
  • +लेवी ३:१

इजकिएल ४५:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१४

इजकिएल ४५:१७

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ ३५:७
  • +यसै ६६:२३
  • +व्य १६:१६; २इ ८:१२, १३; ३१:३
  • +१इ १६:२; २इ ३०:२४
  • +१रा ८:६४

इजकिएल ४५:१८

मार्जिनल रेफरेन्स

  • +लेवी १६:१६

इजकिएल ४५:१९

मार्जिनल रेफरेन्स

  • +इज ४१:२१

इजकिएल ४५:२०

मार्जिनल रेफरेन्स

  • +लेवी ४:२७, २८
  • +लेवी १६:२०

इजकिएल ४५:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २३:५
  • +प्रस्थ १२:१८

इजकिएल ४५:२२

मार्जिनल रेफरेन्स

  • +लेवी ४:१३, १४

इजकिएल ४५:२३

मार्जिनल रेफरेन्स

  • +लेवी २३:८

इजकिएल ४५:२४

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४५:२५

मार्जिनल रेफरेन्स

  • +लेवी २३:३४; व्य १६:१३; २इ ७:८; जक १४:१६

अरू

इज. ४५:१यहो १४:१, २; इज ४७:२१, २२
इज. ४५:१इज ४८:२०
इज. ४५:१इज ४८:८, ९
इज. ४५:२इज ४२:२०
इज. ४५:२यहो २१:१, २
इज. ४५:४इज ४०:४६
इज. ४५:४इज ४८:१०, ११
इज. ४५:५इज ४८:१३
इज. ४५:५इज ४०:१७
इज. ४५:६इज ४८:१५
इज. ४५:७इज ४८:२१
इज. ४५:८यसै ३२:१; ६०:१७; यर्मि २२:१७; २३:५; इज २२:२७; ४६:१८; मिका ३:१-३
इज. ४५:८यहो ११:२३
इज. ४५:९यर्मि २२:३; मिका ६:८; जक ८:१६
इज. ४५:९मिका २:२
इज. ४५:१०लेवी १९:३६; हित ११:१; आमो ८:५; मिका ६:१०, ११
इज. ४५:१२प्रस्थ ३०:१३
इज. ४५:१५लेवी १:४; ६:३०; हिब्रू ९:२२
इज. ४५:१५लेवी २:१
इज. ४५:१५लेवी १:१०
इज. ४५:१५लेवी ३:१
इज. ४५:१६प्रस्थ ३०:१४
इज. ४५:१७२इ ३५:७
इज. ४५:१७यसै ६६:२३
इज. ४५:१७व्य १६:१६; २इ ८:१२, १३; ३१:३
इज. ४५:१७१इ १६:२; २इ ३०:२४
इज. ४५:१७१रा ८:६४
इज. ४५:१८लेवी १६:१६
इज. ४५:१९इज ४१:२१
इज. ४५:२०लेवी ४:२७, २८
इज. ४५:२०लेवी १६:२०
इज. ४५:२१लेवी २३:५
इज. ४५:२१प्रस्थ १२:१८
इज. ४५:२२लेवी ४:१३, १४
इज. ४५:२३लेवी २३:८
इज. ४५:२५लेवी २३:३४; व्य १६:१३; २इ ७:८; जक १४:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४५:१-२५

इजकिएल

४५ “‘जब तिमीहरू आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर्छौ,+ तब एक टुक्रा जमिन यहोवालाई अर्पण गर्नू।+ त्यो पवित्र जमिन हुनेछ। त्यसको लम्बाइ २५ हजार हात* र चौडाइ १० हजार हात हुनुपर्छ।+ त्यो सम्पूर्ण इलाका* पवित्र हुनेछ। २ त्यसभित्र ५०० हात चौडाइ र ५०० हात लम्बाइको वर्गाकार इलाका मन्दिरको लागि छुट्ट्याउनू।+ मन्दिरको वरिपरि ५० हात चौडाइ भएको चरन हुनेछ।+ ३ पवित्र जमिनमा २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ भएको एक टुक्रा जमिन नाप्नू। त्यसभित्र मन्दिर हुनेछ, जुन अतिपवित्र छ। ४ त्यो जमिन मन्दिरका सेवकहरू अर्थात्‌ यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्ने पुजारीहरूको+ लागि छुट्ट्याइएको पवित्र जमिन हुनेछ।+ त्यहाँ तिनीहरूले आफ्ना घर बनाउनेछन्‌ र त्यो जमिन मन्दिरको लागि पवित्र ठाउँ पनि हुनेछ।

५ “‘मन्दिरमा सेवा गर्ने लेवीहरूका लागि २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ+ भएको एक टुक्रा जमिन हुनेछ। तिनीहरूले आफ्नो भागमा २० वटा भोजनकक्ष पाउनेछन्‌।+

६ “‘सहरको लागि तिमीहरूले २५ हजार हात लम्बाइ (पवित्र जमिनको लम्बाइबराबर) र ५ हजार हात चौडाइ भएको एक टुक्रा जमिन छुट्ट्याउनू।+ त्यो जमिन इस्राएलका सम्पूर्ण घरानाको लागि हुनेछ।

७ “‘पवित्र जमिन र सहरको लागि छुट्ट्याइएको जमिनको दुवै छेउमा कुलनायकको लागि जमिन हुनेछ। त्यो जमिन पवित्र जमिन र सहरको लागि छुट्ट्याइएको जमिनको छेउमा हुनेछ। त्यो पूर्वपट्टि र पश्‍चिमपट्टि हुनेछ। यस जमिनको पूर्वदेखि पश्‍चिमसम्मको लम्बाइ इस्राएलको एउटा कुलको लागि छुट्ट्याइएको जमिनको लम्बाइबराबर हुनेछ।+ ८ त्यो जमिन इस्राएलमा कुलनायकको भाग हुनेछ। मेरा कुलनायकहरूले फेरि कहिल्यै मेरा मानिसहरूलाई दुर्व्यवहार गर्नेछैनन्‌+ र तिनीहरूले इस्राएलको घरानालाई उनीहरूका कुलअनुसार जमिन दिनेछन्‌।’+

९ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘हे इस्राएलका कुलनायकहरू हो, बस्‌! अति भयो।’

“‘हिंसा र अत्याचार गर्न बन्द गर। जे सही र न्यायोचित छ, त्यही गर।+ मेरा मानिसहरूको सम्पत्ति हडप्न छोड,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १० ‘तिमीहरूले ठीक-ठीक नापतौल प्रयोग गर्नू। तिमीहरूले चलाउने एपा* र बाथ* पनि सही नापका होऊन्‌।+ ११ एपा र बाथको लागि निश्‍चित मापदण्ड तोकिएको हुनुपर्छ। एक बाथमा एक होमेरको दसौँ भाग हुनुपर्छ। त्यसैगरि एक एपामा एक होमेरको दसौँ भाग हुनुपर्छ। तिमीहरूले होमेरलाई* आधार मानेर नाप्ने गर्नू। १२ एक शेकेल*+ २० गेराबराबर* हुनुपर्छ। अनि २० शेकेल, २५ शेकेल र १५ शेकेल जोड्‌दा एक मानेह* हुनुपर्छ।

१३ “‘तिमीहरूले चढाउनुपर्ने भेटी यही हो: प्रत्येक होमेर गहुँबाट एक एपाको छैटौँ भाग र प्रत्येक होमेर जौबाट एक एपाको छैटौँ भाग। १४ तिमीहरूले भेटी चढाउनुपर्ने तेल भने बाथको हिसाबले नापेर दिनू। एक बाथ एक कोरको* दसौँ भाग हो र १० बाथ भनेको एक होमेर हो किनभने १० बाथबराबर एक होमेर हुन्छ। १५ अनि इस्राएलीहरूको बगालबाट प्रत्येक २०० भेडामध्ये एउटा भेडा ल्याउनू। मानिसहरूको पापको प्रायश्‍चित गर्न+ अन्‍नभेटी,+ अग्निभेटी+ र मेलबलिको+ रूपमा चढाउनको लागि यी सबै भेटी छुट्ट्याउनू,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

१६ “‘इस्राएलका सबै मानिसले यी भेटीहरू+ कुलनायकलाई दिनुपर्छ। १७ विभिन्‍न चाडमा,+ औँसीहरूमा, विश्रामदिनहरूमा*+ र इस्राएलको घरानाको लागि तोकिएका सबै चाडमा+ कुलनायकले अग्निभेटी,+ अन्‍नभेटी+ र मद्यभेटीको लागि चाहिने सम्पूर्ण कुरा जुटाउनुपर्छ। इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न सकियोस्‌ भनेर पापभेटी, अन्‍नभेटी, अग्निभेटी र मेलबलिको लागि आवश्‍यक प्रबन्ध मिलाउने जिम्मेवारी कुलनायकको हुनेछ।’

१८ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘पहिलो महिनाको पहिलो दिन बथानबाट एउटा निष्खोट बहर लिनू र त्यसलाई बलि चढाएर मन्दिरलाई पापबाट चोख्याउनू।+ १९ पुजारीले पापभेटीको अलिकति रगत लिएर मन्दिरको ढोकाको चौकोसमा,+ वेदीको अग्लो खण्डको चार कुनामा र भित्री चोकको प्रवेशद्वारको चौकोसमा दल्नेछन्‌। २० अनजानमा पाप गर्नेहरूको लागि+ पहिलो महिनाको सातौँ दिनमा तिमीहरूले त्यसो गर्नू। तिमीहरूले मन्दिरको निम्ति प्रायश्‍चित गर्नू।+

२१ “‘पहिलो महिनाको १४ औँ दिनमा निस्तार चाड मनाउनू।+ सात दिनसम्म तिमीहरूले खमिर* नहालेको रोटी खानू।+ २२ त्यस दिन कुलनायकले आफ्नो लागि र देशका सबैको लागि पापभेटीको रूपमा चढाउन एउटा बहरको प्रबन्ध गर्नेछन्‌।+ २३ तिनले चाडको सात दिनसम्म यहोवाको निम्ति अग्निभेटी चढाउन प्रत्येक दिन सात वटा निष्खोट बहर र सात वटा निष्खोट थुमा जुटाउनेछन्‌।+ साथै पापभेटी चढाउन प्रत्येक दिन एउटा बोका जुटाउनेछन्‌। २४ अनि तिनले प्रत्येक बहर र प्रत्येक थुमाको निम्ति एक-एक एपा अन्‍नभेटी जुटाउनुपर्छ। साथै एक एपा अन्‍नभेटीको निम्ति एक हिन* तेल जुटाउनुपर्छ।

२५ “‘सातौँ महिनाको १५ औँ दिनदेखि सुरु हुने चाडमा पनि पहिलो महिनाको चाडमा जस्तै तिनले सात दिनसम्म+ पापभेटी, अग्निभेटी, अन्‍नभेटी र तेल जुटाउनुपर्छ।’”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने