पवित्र बाइबल नयाँ संसार अनुवाद एस्तर विषयवस्तु एस्तर विषयवस्तु १ राजा आहासुरसले सुसनमा दिएको भोज (१-९) रानी वस्ती राजाको आदेश पालन गर्दिनन् (१०-१२) राजा आफ्ना बुद्धिमान् मानिसहरूसित सरसल्लाह गर्छन् (१३-२०) राजाको उर्दी जारी गरिन्छ (२१, २२) २ नयाँ रानीको खोजी (१-१४) एस्तर रानी हुन्छिन् (१५-२०) मोर्दकैले षड्यन्त्रको पर्दाफास गरिदिन्छन् (२१-२३) ३ राजाले हामानलाई उच्च तुल्याउँछन् (१-४) हामान यहुदीहरूलाई नाश गर्ने षड्यन्त्र रच्छन् (५-१५) ४ मोर्दकै शोक मनाउँछन् (१-५) मोर्दकै एस्तरलाई कदम चाल्न अह्राउँछन् (६-१७) ५ एस्तर राजासामु हाजिर हुन्छिन् (१-८) हामानको रिस र घमन्ड (९-१४) ६ राजाले मोर्दकैलाई सम्मान दिन्छन् (१-१४) ७ एस्तर हामानको पर्दाफास गर्छिन् (१-६क) हामानलाई तिनैले ठड्याएको खम्बामा झुन्ड्याइन्छ (६ख-१०) ८ मोर्दकैको पदोन्नति (१, २) एस्तर राजासित बिन्ती गर्छिन् (३-६) राजाको अर्को उर्दी (७-१४) यहुदीहरूले राहत पाउँछन् र खुसीयाली मनाउँछन् (१५-१७) ९ यहुदीहरूको जित (१-१९) पूरीम चाडको स्थापना (२०-३२) १० मोर्दकैलाई उच्च पारिन्छ (१-३)