प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • अब्राहामलाई इसहाकको बलि चढाउन भनिन्छ (१-१९)

        • अब्राहामको सन्तानमार्फत आशिष्‌ (१५-१८)

      • रिबेकाको परिवार (२०-२४)

उत्पत्ति २२:१

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:१७

उत्पत्ति २२:२

मार्जिनल रेफरेन्स

  • +युह ३:१६
  • +उत्प १७:१९; यहो २४:३; रोमी ९:७
  • +२इ ३:१

उत्पत्ति २२:८

मार्जिनल रेफरेन्स

  • +युह १:२९; १प १:१८, १९

उत्पत्ति २२:९

मार्जिनल रेफरेन्स

  • +युह १०:१७, १८

उत्पत्ति २२:१०

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:१७

उत्पत्ति २२:१२

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:१७-१९; या २:२१

उत्पत्ति २२:१४

फुटनोट

  • *

    यसको अर्थ हो, “यहोवा परमेश्‍वरले जुटाइदिनुहुन्छ; यहोवा परमेश्‍वरले हेर्नुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +उत्प २२:२; २इ ३:१

उत्पत्ति २२:१६

मार्जिनल रेफरेन्स

  • +युह ३:१६; रोमी ८:३२; हिब्रू ११:१७
  • +हिब्रू ६:१३, १४

उत्पत्ति २२:१७

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१४, १६; १५:१, ५; प्रे ३:२५
  • +भज २:८; दा २:४४

उत्पत्ति २२:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१५; रोमी ९:७; गला ३:१६
  • +गला ३:८

उत्पत्ति २२:१९

मार्जिनल रेफरेन्स

  • +उत्प २१:३१

उत्पत्ति २२:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ११:२६, २९

उत्पत्ति २२:२२

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२०

उत्पत्ति २२:२३

मार्जिनल रेफरेन्स

  • +उत्प २४:१५; रोमी ९:१०

अरू

उत्प. २२:१हिब्रू ११:१७
उत्प. २२:२युह ३:१६
उत्प. २२:२उत्प १७:१९; यहो २४:३; रोमी ९:७
उत्प. २२:२२इ ३:१
उत्प. २२:८युह १:२९; १प १:१८, १९
उत्प. २२:९युह १०:१७, १८
उत्प. २२:१०हिब्रू ११:१७
उत्प. २२:१२हिब्रू ११:१७-१९; या २:२१
उत्प. २२:१४उत्प २२:२; २इ ३:१
उत्प. २२:१६युह ३:१६; रोमी ८:३२; हिब्रू ११:१७
उत्प. २२:१६हिब्रू ६:१३, १४
उत्प. २२:१७उत्प १३:१४, १६; १५:१, ५; प्रे ३:२५
उत्प. २२:१७भज २:८; दा २:४४
उत्प. २२:१८उत्प ३:१५; रोमी ९:७; गला ३:१६
उत्प. २२:१८गला ३:८
उत्प. २२:१९उत्प २१:३१
उत्प. २२:२०उत्प ११:२६, २९
उत्प. २२:२२उत्प २५:२०
उत्प. २२:२३उत्प २४:१५; रोमी ९:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति २२:१-२४

उत्पत्ति

२२ त्यसपछि साँचो परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो।+ उहाँले तिनलाई “अब्राहाम!” भनेर बोलाउनुभयो। अनि तिनले जवाफ दिए: “हजुर, म यहाँ छु।” २ उहाँले तिनलाई यसो भन्दै आग्रह गर्नुभयो: “तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा+ इसहाकलाई+ लिएर मोरियाहमा+ जाऊ। अनि म तिमीलाई जुन डाँडा देखाउँछु, त्यहाँ उक्लेर तिनलाई अग्निभेटीको रूपमा चढाऊ।”

३ तब अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे। तिनले अग्निभेटीको लागि दाउरा चिरे अनि आफ्नो छोरा इसहाक र दुई जना दासलाई सँगै लिएर साँचो परमेश्‍वरले देखाउनुभएको ठाउँतिर हिँडे। ४ तेस्रो दिन अब्राहामले टाढैबाट त्यो ठाउँ देखे। ५ अब्राहामले आफ्ना दासहरूलाई भने: “तिमीहरू गधासँगै यहीँ पर्खेर बस। म र छोरा जान्छौँ अनि त्यहाँ परमेश्‍वरको उपासना गरेर फर्कन्छौँ।”

६ अनि अब्राहामले अग्निभेटीको लागि लगेका दाउरा इसहाकलाई बोकाए। तिनले चाहिँ आगो र छुरी बोके अनि दुवै जना हिँडे। ७ त्यसपछि इसहाकले आफ्नो बुबा अब्राहामलाई भने: “बुबा!” तिनले जवाफ दिए: “भन बाबु!” इसहाकले सोधे: “आगो र दाउरा त हामीसँग छ तर अग्निभेटीको लागि भेडा खोइ त?” ८ अब्राहामले भने: “हेर बाबु, अग्निभेटीको+ लागि परमेश्‍वरले नै भेडा जुटाइदिनुहुन्छ।” त्यसपछि तिनीहरू सँगसँगै हिँड्‌दै गए।

९ अन्तमा तिनीहरू परमेश्‍वरले भन्‍नुभएको ठाउँमा पुगे। त्यहाँ अब्राहामले वेदी बनाए र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकको हातगोडा बाँधे र वेदीको दाउरामाथि उनलाई राखे।+ १० त्यसपछि अब्राहामले छुरी लिए र छोरालाई बलि चढाउन तयार भए।+ ११ तब यहोवा परमेश्‍वरको दूतले तिनलाई स्वर्गबाट बोलाए: “अब्राहाम! ए अब्राहाम!” अनि तिनले भने: “हजुर, म यहाँ छु।” १२ त्यसपछि स्वर्गदूतले भने: “त्यो केटोलाई केही हानि नगर। तिमी परमेश्‍वरको डर राख्ने मानिस हौ भनेर अब मैले जानेँ। किनभने आफ्नो एउटै छोरालाई समेत बलि चढाउनदेखि तिमी पछि हटेनौ।”+ १३ तब अब्राहामले नजिकैको झाडीमा सिङ अल्झेर बसेको एउटा भेडा देखे। अब्राहामले त्यो भेडा ल्याए र आफ्नो छोराको सट्टा त्यसलाई अग्निभेटीको रूपमा चढाए। १४ अनि अब्राहामले त्यस ठाउँको नाम यहोवा-यिरे* राखे। त्यसकारण आजसम्मै एउटा आहान चलेको छ: “यहोवा परमेश्‍वरको डाँडामा जुटाइनेछ।”+

१५ तब यहोवा परमेश्‍वरको दूतले स्वर्गबाट अब्राहामलाई फेरि बोलाए १६ र यसो भने: “यहोवाले यस्तो सन्देश पठाउनुभएको छ, ‘मेरो निम्ति यति ठूलो त्याग गर्न तिमी राजी भयौ र आफ्नो एउटै छोरा बलि चढाउन समेत पछि हटेनौ।+ त्यसैले म आफ्नै कसम खाएर भन्छु,+ १७ म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्‌।+ १८ तिम्रै सन्तानमार्फत+ पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ किनभने तिमीले मेरो कुरा सुन्यौ।’”+

१९ त्यसपछि अब्राहाम आफ्ना दासहरू पर्खेर बसेको ठाउँमा गए अनि तिनीहरूसँगै बेर्सेबा+ फर्के र त्यहीँ बस्न थाले।

२० केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो: “तपाईँका भाइ नाहोरकी पत्नी मिल्काहले छोराहरू जन्माइछिन्‌।+ २१ जेठो छोराको नाम उज, माहिलोको नाम बुज, साहिँलोको नाम केमुएल हो। अनि केमुएलचाहिँ अरामका बुबा हुन्‌। २२ अरू छोराको नाम केसेद, हाजो, पिल्दास, यिदलाप र बतुएल+ हो।” २३ बतुएलकी छोरीको नाम रिबेका थियो।+ मिल्काहले अब्राहामका भाइ नाहोरका यी आठ भाइ छोरा जन्माएकी थिइन्‌। २४ नाहोरकी उपपत्नीको नाम रुमाह थियो। तिनले पनि छोराहरू जन्माइन्‌। तिनीहरूको नाम तेबह, गाहम, तहस र माकाह थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने