प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • युसुफ पोतिफरको घरमा (१-६)

      • युसुफ पोतिफरकी पत्नीको प्रतिरोध गर्छन्‌ (७-२०)

      • युसुफ झ्यालखानामा (२१-२३)

उत्पत्ति ३९:१

मार्जिनल रेफरेन्स

  • +उत्प १७:२०; ३७:२५
  • +भज १०५:१७; प्रे ७:९
  • +उत्प ३७:३६

उत्पत्ति ३९:२

मार्जिनल रेफरेन्स

  • +रोमी ८:३१; हिब्रू १३:६

उत्पत्ति ३९:५

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२७

उत्पत्ति ३९:९

मार्जिनल रेफरेन्स

  • +उत्प २:२४; २०:३, ६; भज ५१:शिर बेहोरा-१९; मर्कु १०:७, ८; हिब्रू १३:४

उत्पत्ति ३९:२०

मार्जिनल रेफरेन्स

  • +भज १०५:१७, १८

उत्पत्ति ३९:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ४०:२, ३; भज १०५:१९; प्रे ७:९

उत्पत्ति ३९:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ३९:६

उत्पत्ति ३९:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:२२, २५; प्रे ७:९, १०

अरू

उत्प. ३९:१उत्प १७:२०; ३७:२५
उत्प. ३९:१भज १०५:१७; प्रे ७:९
उत्प. ३९:१उत्प ३७:३६
उत्प. ३९:२रोमी ८:३१; हिब्रू १३:६
उत्प. ३९:५उत्प ३०:२७
उत्प. ३९:९उत्प २:२४; २०:३, ६; भज ५१:शिर बेहोरा-१९; मर्कु १०:७, ८; हिब्रू १३:४
उत्प. ३९:२०भज १०५:१७, १८
उत्प. ३९:२१उत्प ४०:२, ३; भज १०५:१९; प्रे ७:९
उत्प. ३९:२२उत्प ३९:६
उत्प. ३९:२३उत्प ४९:२२, २५; प्रे ७:९, १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ३९:१-२३

उत्पत्ति

३९ अनि इस्माएलीहरूले+ युसुफलाई मिश्र लगे+ र पोतिफर+ नाम गरेका मिश्रीले तिनलाई किने। पोतिफर फारोको दरबारका अफिसर र पहरेदारहरूका कप्तान थिए। २ यहोवा परमेश्‍वर युसुफसित हुनुहुन्थ्यो।+ त्यसैले तिनी हर काममा सफल भए र तिनका मालिकले आफ्नो घरको सबै खटनपटन युसुफकै हातमा सुम्पिदिए। ३ अनि यहोवा परमेश्‍वर युसुफको साथमा हुनुभएको अनि यहोवा परमेश्‍वरले तिनको हरेक काम सफल तुल्याउनुभएको पोतिफरले याद गरे।

४ युसुफले निरन्तर आफ्नो मालिकको मन जिते र मालिकको निजी सेवक नियुक्‍त भए। त्यसैले मालिकले तिनलाई आफ्नो घर अनि आफ्ना सबै धनसम्पत्ति रेखदेख गर्ने जिम्मा दिए। ५ पोतिफरले युसुफलाई आफ्नो घर र सम्पूर्ण कुराको रेखदेख गर्ने जिम्मा दिएदेखि यहोवा परमेश्‍वरले युसुफको कारण त्यस मिश्रीको फलिफाप गराउनुभयो। घरभित्र होस्‌ या बाहिर, तिनको सबै थोकमा यहोवा परमेश्‍वरको आशिष्‌ रह्‍यो।+ ६ अन्तमा पोतिफरले सबथोक युसुफको हातमा सुम्पे र निष्फिक्री भएर जीवन बिताउन थाले। त्यसैले पोतिफरले आफ्नो भोजनबाहेक अरू कुनै कुराको विषयमा चिन्ता गर्दैनथे। साथै त्यसबेलासम्म युसुफ हट्टाकट्टा र सुन्दर भइसकेका थिए।

७ केही समयपछिको कुरा हो, पोतिफरकी पत्नीले युसुफमाथि आँखा गाड्‌न थालिन्‌। तिनले युसुफलाई यसो भनेर फकाउन थालिन्‌: “आऊ, मसित सुत।” ८ तर युसुफ आफ्नी मालिक्नीको प्रस्ताव अस्वीकार गर्थे र यस्तो जवाफ दिन्थे: “हेर्नुहोस्‌, मेरा मालिकले निकै भरोसा गरेर मलाई सबै कुरा सुम्पनुभएको छ। म यस घरमा भएकोले उहाँलाई कुनै कुराको चिन्ता छैन। ९ यो घरमा मभन्दा ठूलो अरू कोही छैन। तर तपाईँ उहाँकी पत्नी हुनुहुन्छ र उहाँले तपाईँबाहेक सबथोक मलाई जिम्मा लगाउनुभएको छ। त्यसैले यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?”+

१० उनी हरेक दिन युसुफलाई फकाउन खोज्थिन्‌ तर युसुफ उनीसित सुत्न वा समय बिताउन पटक्कै मान्दैनथे। ११ एकदिन कामको सिलसिलामा युसुफ घरभित्र पसे। त्यतिखेर त्यहाँ अरू नोकरचाकर कोही थिएनन्‌। १२ त्यसैले पोतिफरकी पत्नीले युसुफको लुगा तान्दै भनिन्‌: “मसित सुत!” तब युसुफ आफ्नो लुगा पोतिफरकी पत्नीको हातैमा छोडेर कुलेलाम ठोके। १३ जब युसुफ आफ्नो लुगा पोतिफरकी पत्नीको हातैमा छोडेर भागे, तब पोतिफरकी पत्नीले १४ हत्त न पत्त ठूलो स्वरले चिच्याउँदै घरका अरू मानिसलाई बोलाउन थालिन्‌ र यसो भनिन्‌: “हेर त! मेरो पतिले ल्याउनुभएको त्यो नाथे हिब्रू नोकरले हाम्रो बेइज्जत गर्न खोज्यो। मेरो इज्जत लुट्‌न त्यो घरभित्र पसेको थियो तर म भएभरको बल लगाएर चिच्याएँ। १५ म ठूलठूलो स्वरले चिच्याएको सुनेपछि त्यो आफ्नो लुगा यहीँ छोडेर भाग्यो।” १६ त्यसपछि आफ्नो पति नआउन्जेल उनले युसुफको लुगा आफैसित राखिन्‌।

१७ आफ्नो पति आएपछि उनले त्यही कुरा दोहोऱ्‍याएर सुनाइन्‌: “तपाईँले ल्याउनुभएको त्यस हिब्रूले मकहाँ आएर मेरो बेइज्जत गर्न खोज्यो। १८ तर म ठूलठूलो स्वरले चिच्याउन थालेपछि त्यो आफ्नो लुगा यहीँ छोडेर भाग्यो।” १९ जब उनले युसुफका मालिक, आफ्नो पति पोतिफरलाई “तपाईँको नोकरले मलाई यस्तो-यस्तो गऱ्‍यो” भनेर बताइन्‌, तब पोतिफर रिसले आगो भए। २० तिनले युसुफलाई लगेर राजाका कैदीहरूलाई थुन्‍ने झ्यालखानामा बुझाए। यसरी युसुफ थुनामा परे।+

२१ तर यहोवा परमेश्‍वरले युसुफलाई त्याग्नुभएन। उहाँले तिनलाई अटल प्रेम देखाइरहनुभयो। उहाँको आशिष्‌ले गर्दा युसुफले झ्यालखानाका हाकिमको निगाह पाए।+ २२ झ्यालखानाका हाकिमले सबै कैदीलाई युसुफको जिम्मा लगाए। झ्यालखानामा जे-जति काम हुन्थ्यो, ती सब युसुफकै खटनपटनमा गरिन्थ्यो।+ २३ यहोवा परमेश्‍वर युसुफसित हुनुहुन्थ्यो अनि यहोवा परमेश्‍वरले तिनको हरेक काम सफल तुल्याइदिनुभयो। त्यसैले झ्यालखानाका हाकिमले युसुफको निगरानीमा भएको कुनै कुराको चिन्ता लिँदैनथे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने