प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • युसुफ कैदीहरूको सपनाको अर्थ खोलिदिन्छन्‌ (१-१९)

        • “सपनाको अर्थ खोलिदिने त परमेश्‍वर नै हुनुहुन्छ” (८)

      • फारोको जन्मदिनको भोज (२०-२३)

उत्पत्ति ४०:१

फुटनोट

  • *

    यिनी रोटीका विभिन्‍न परिकार बनाउने भान्से थिए।

मार्जिनल रेफरेन्स

  • +उत्प ४०:११

उत्पत्ति ४०:२

मार्जिनल रेफरेन्स

  • +उत्प ४०:२०-२२

उत्पत्ति ४०:३

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:३६
  • +उत्प ३९:२०; भज १०५:१७, १८

उत्पत्ति ४०:४

फुटनोट

  • *

    शा., “केही दिन।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३९:२२

उत्पत्ति ४०:८

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:१५, १६; दा २:२८, ४५

उत्पत्ति ४०:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:१२, १३
  • +उत्प ४०:२०, २१

उत्पत्ति ४०:१४

फुटनोट

  • *

    वा “अटल प्रेम।”

उत्पत्ति ४०:१५

फुटनोट

  • *

    शा., “खाडलमा।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:२८
  • +उत्प ३९:७, ८

उत्पत्ति ४०:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ४०:२०, २२

उत्पत्ति ४०:२०

मार्जिनल रेफरेन्स

  • +मर्कु ६:२१

उत्पत्ति ४०:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ४०:८

उत्पत्ति ४०:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ४०:१४

अरू

उत्प. ४०:१उत्प ४०:११
उत्प. ४०:२उत्प ४०:२०-२२
उत्प. ४०:३उत्प ३७:३६
उत्प. ४०:३उत्प ३९:२०; भज १०५:१७, १८
उत्प. ४०:४उत्प ३९:२२
उत्प. ४०:८उत्प ४१:१५, १६; दा २:२८, ४५
उत्प. ४०:१३उत्प ४१:१२, १३
उत्प. ४०:१३उत्प ४०:२०, २१
उत्प. ४०:१५उत्प ३७:२८
उत्प. ४०:१५उत्प ३९:७, ८
उत्प. ४०:१९उत्प ४०:२०, २२
उत्प. ४०:२०मर्कु ६:२१
उत्प. ४०:२२उत्प ४०:८
उत्प. ४०:२३उत्प ४०:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ४०:१-२३

उत्पत्ति

४० केही समयपछिको कुरा हो, फारोलाई मद्य टक्य्राउने+ मुख्य सेवक र मुख्य भान्सेले* आफ्ना मालिक मिश्रका राजाविरुद्ध अपराध गरे। २ त्यसैले फारो मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्से दुवैसित क्रोधित भए।+ ३ अनि फारोले तिनीहरूलाई पहरेदारहरूका कप्तानको निगरानीमा रहेको झ्यालखानामा हाले।+ युसुफ पनि त्यही झ्यालखानामा थिए।+ ४ पहरेदारहरूको कप्तानले ती दुई सेवकलाई युसुफको जिम्मा लगाए।+ तिनीहरू केही समय* झ्यालखानामै रहे।

५ मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्से दुवैले झ्यालखानामा छँदा एकै रात सपना देखे। तिनीहरूको सपनाको आ-आफ्नै अर्थ थियो। ६ युसुफले भोलिपल्ट बिहान तिनीहरू दुवैको अनुहार निन्याउरो देखे। ७ त्यसैले आफ्नो मालिकको झ्यालखानामा आफूसँगै कैदी जीवन बिताइरहेका फारोका ती दुई सेवकलाई युसुफले सोधे: “हैन, आज तपाईँहरूको अनुहार किन अँध्यारो छ?” ८ तिनीहरूले यस्तो जवाफ दिए: “हामीले एउटा सपना देख्यौँ तर त्यसको अर्थ खोलिदिने कोही भएन।” तब युसुफले भने: “सपनाको अर्थ खोलिदिने त परमेश्‍वर नै हुनुहुन्छ नि, होइन र?+ कस्तो सपना देख्नुभयो, कृपया मलाई बताउनुहोस्‌।”

९ त्यसैले मद्य टक्य्राउने मुख्य सेवकले आफ्नो सपना युसुफलाई यसरी बताए: “मैले सपनामा अङ्‌गुरको लहरा देखेँ। १० त्यसका तीन वटा हाँगा थिए। अनि हाँगामा पालुवा लाग्यो, फूल फुल्यो अनि अङ्‌गुरका झुप्पाहरू पाक्न थाले। ११ मेरो हातमा फारोको कचौरा थियो। मैले अङ्‌गुर टिपेँ र फारोको कचौरामा निचोरेँ। अनि त्यो कचौरा मैले फारोलाई टक्य्राएँ।” १२ तिनको सपना सुनेपछि युसुफले भने: “तपाईँको सपनाको अर्थ सुन्‍नुहोस्‌: तीन वटा हाँगाको अर्थ तीन दिन हो। १३ अबको तीन दिनमा फारोले तपाईँलाई यहाँबाट निकाल्नुहुनेछ र पहिलाकै काममा नियुक्‍त गर्नुहुनेछ।+ तपाईँले फेरि पहिलेजस्तै फारोलाई मद्य टक्य्राउनुहुनेछ।+ १४ तर तपाईँको दिन फिरेपछि मलाई नबिर्सनुहोस्‌। मलाई दया* देखाउनुहोस्‌। मेरो विषयमा फारोलाई बिन्ती गरिदिनुहोस्‌ र म यहाँबाट निस्कन सकूँ। १५ वास्तवमा मलाई हिब्रूहरूको देशबाट अपहरण गरेर ल्याइएको हो।+ मैले कुनै गल्ती गरेको छैनँ तैपनि म झ्यालखानामा* परेँ।”+

१६ युसुफले खोलेको सपनाको अर्थ राम्रो लागेकोले मुख्य भान्सेले पनि भने: “मैले पनि सपना देखेको थिएँ। मैले टाउकोमा तीन वटा टोकरी बोकिरहेको थिएँ र त्यसमा मसिनो पीठोका रोटीहरू थिए। १७ सबैभन्दा माथिको टोकरीमा फारोको लागि थरीथरीका रोटीहरू थिए। अनि चराहरूले ठुँगेर मेरो टाउकोमा भएको त्यस टोकरीका रोटी खाइरहेका थिए।” १८ त्यसपछि युसुफले भने: “तपाईँको सपनाको अर्थ सुन्‍नुहोस्‌: तीन वटा टोकरीको अर्थ तीन दिन हो। १९ अबको तीन दिनमा फारोले तपाईँको टाउको काटेर तपाईँलाई खाँबोमा झुन्ड्‌याइदिनुहुनेछ। अनि चराहरूले तपाईँको लास ठुँगीठुँगी खानेछन्‌।”+

२० त्यसको तीन दिनपछि फारोको जन्मदिन थियो।+ त्यतिखेर तिनले एउटा ठूलो भोज लगाए र आफ्ना सबै सेवकलाई निम्तो दिए। फारोले मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्सेलाई ती सबै सेवकसामु उभ्याए। २१ फारोले मद्य टक्य्राउने मुख्य सेवकलाई पहिलाकै काममा नियुक्‍त गरे र उनले पहिलेजस्तै फारोलाई मद्य टक्य्राउन थाले। २२ तर मुख्य भान्सेलाई भने फारोले झुन्ड्‌याइदिए। युसुफले सपनाको अर्थ जस्तो खोलिदिएका थिए, त्यस्तै भयो।+ २३ तर मद्य टक्य्राउने मुख्य सेवकले युसुफलाई भुसुक्कै बिर्से।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने