प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • आकाश र पृथ्वीको सृष्टि (१, २)

      • छ दिनमा पृथ्वीको सृष्टि (३-३१)

        • पहिलो दिन: उज्यालो; दिन र रात (३-५)

        • दोस्रो दिन: अन्तर (६-८)

        • तेस्रो दिन: सुक्खा जमिन र वनस्पति (९-१३)

        • चौथो दिन: आकाशका ज्योतिहरू (१४-१९)

        • पाँचौँ दिन: माछा र चराहरू (२०-२३)

        • छैटौँ दिन: जमिनमा बस्ने जीवजन्तु र मानिस (२४-३१)

उत्पत्ति १:१

मार्जिनल रेफरेन्स

  • +भज १०२:२५; यसै ४२:५; ४५:१८; रोमी १:२०; हिब्रू १:१०; प्रका ४:११; १०:६

उत्पत्ति १:२

फुटनोट

  • *

    वा “उर्लँदो पानी।”

मार्जिनल रेफरेन्स

  • +हित ८:२७, २८
  • +भज ३३:६; यसै ४०:२६
  • +भज १०४:५, ६

उत्पत्ति १:३

मार्जिनल रेफरेन्स

  • +यसै ४५:७; २को ४:६

उत्पत्ति १:५

मार्जिनल रेफरेन्स

  • +उत्प ८:२२

उत्पत्ति १:६

फुटनोट

  • *

    अर्थात्‌, वायुमण्डल।

मार्जिनल रेफरेन्स

  • +उत्प १:२०
  • +२प ३:५

उत्पत्ति १:७

मार्जिनल रेफरेन्स

  • +उत्प ७:११; हित ८:२७, २८

उत्पत्ति १:९

मार्जिनल रेफरेन्स

  • +अयु ३८:८, ११; भज १०४:६-९; १३६:६

उत्पत्ति १:१०

मार्जिनल रेफरेन्स

  • +भज ९५:५
  • +हित ८:२९
  • +व्य ३२:४

उत्पत्ति १:१२

मार्जिनल रेफरेन्स

  • +भज १०४:१४

उत्पत्ति १:१४

मार्जिनल रेफरेन्स

  • +भज १०४:१९
  • +व्य ४:१९
  • +उत्प ८:२२

उत्पत्ति १:१६

मार्जिनल रेफरेन्स

  • +भज १३६:७, ८
  • +भज ८:३; यर्मि ३१:३५

उत्पत्ति १:१८

मार्जिनल रेफरेन्स

  • +भज ७४:१६

उत्पत्ति १:२०

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

  • *

    यहाँ चलाइएको हिब्रू शब्दले चराचुरुङ्‌गीलाई अनि उड्‌ने किराहरूजस्ता अन्य जीवलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +उत्प २:१९

उत्पत्ति १:२२

मार्जिनल रेफरेन्स

  • +नहे ९:६; भज १०४:२५

उत्पत्ति १:२४

फुटनोट

  • *

    यसले सर्प, छेपारोजस्ता जीवलाई अनि यस पदमा उल्लिखित जीवहरूभन्दा फरक किसिमका जीवहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +उत्प २:१९

उत्पत्ति १:२६

मार्जिनल रेफरेन्स

  • +हित ८:३०; युह १:३; कल १:१६
  • +१को ११:७
  • +उत्प ५:१; या ३:९
  • +उत्प ९:२

उत्पत्ति १:२७

मार्जिनल रेफरेन्स

  • +भज १३९:१४; मत्ति १९:४; मर्कु १०:६; १को ११:७, ९

उत्पत्ति १:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ९:१
  • +उत्प २:१५
  • +भज ८:४, ६

उत्पत्ति १:२९

मार्जिनल रेफरेन्स

  • +उत्प ९:३; भज १०४:१४; प्रे १४:१७

उत्पत्ति १:३०

मार्जिनल रेफरेन्स

  • +भज १४७:९; मत्ति ६:२६

उत्पत्ति १:३१

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४; भज १०४:२४; १ति ४:४

अरू

उत्प. १:१भज १०२:२५; यसै ४२:५; ४५:१८; रोमी १:२०; हिब्रू १:१०; प्रका ४:११; १०:६
उत्प. १:२हित ८:२७, २८
उत्प. १:२भज ३३:६; यसै ४०:२६
उत्प. १:२भज १०४:५, ६
उत्प. १:३यसै ४५:७; २को ४:६
उत्प. १:५उत्प ८:२२
उत्प. १:६उत्प १:२०
उत्प. १:६२प ३:५
उत्प. १:७उत्प ७:११; हित ८:२७, २८
उत्प. १:९अयु ३८:८, ११; भज १०४:६-९; १३६:६
उत्प. १:१०भज ९५:५
उत्प. १:१०हित ८:२९
उत्प. १:१०व्य ३२:४
उत्प. १:१२भज १०४:१४
उत्प. १:१४भज १०४:१९
उत्प. १:१४व्य ४:१९
उत्प. १:१४उत्प ८:२२
उत्प. १:१६भज १३६:७, ८
उत्प. १:१६भज ८:३; यर्मि ३१:३५
उत्प. १:१८भज ७४:१६
उत्प. १:२०उत्प २:१९
उत्प. १:२२नहे ९:६; भज १०४:२५
उत्प. १:२४उत्प २:१९
उत्प. १:२६हित ८:३०; युह १:३; कल १:१६
उत्प. १:२६१को ११:७
उत्प. १:२६उत्प ५:१; या ३:९
उत्प. १:२६उत्प ९:२
उत्प. १:२७भज १३९:१४; मत्ति १९:४; मर्कु १०:६; १को ११:७, ९
उत्प. १:२८उत्प ९:१
उत्प. १:२८उत्प २:१५
उत्प. १:२८भज ८:४, ६
उत्प. १:२९उत्प ९:३; भज १०४:१४; प्रे १४:१७
उत्प. १:३०भज १४७:९; मत्ति ६:२६
उत्प. १:३१व्य ३२:४; भज १०४:२४; १ति ४:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति १:१-३१

उत्पत्ति

१ सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।+

२ त्यतिखेर पृथ्वीमा केही थिएन अनि त्यसको कुनै आकार पनि थिएन। जताततै पानी*+ मात्र थियो र चारैतिर अन्धकार थियो। अनि परमेश्‍वरको सक्रिय शक्‍ति+ पानीमाथि घुमिरहन्थ्यो।+

३ परमेश्‍वरले भन्‍नुभयो: “उज्यालो होस्‌।” तब उज्यालो भयो।+ ४ परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। त्यसपछि उहाँले अँध्यारो र उज्यालोलाई छुट्ट्याउन थाल्नुभयो। ५ परमेश्‍वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्‍नुभयो।+ साँझ पऱ्‍यो र बिहान भयो—पहिलो दिन।

६ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पानीको बीचमा एक अन्तर*+ होस्‌, यसले पानीलाई दुई भागमा छुट्ट्याओस्‌।”+ ७ परमेश्‍वरले पानीको बीचमा अन्तर बनाउनुभयो अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई छुट्ट्याउनुभयो।+ अनि त्यस्तै भयो। ८ परमेश्‍वरले त्यस अन्तरलाई आकाश भन्‍नुभयो। साँझ पऱ्‍यो र बिहान भयो—दोस्रो दिन।

९ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “आकाशमुनि भएको सबै पानी एक ठाउँमा जम्मा होस्‌ र सुक्खा जमिन देखा परोस्‌।”+ तब त्यस्तै भयो। १० परमेश्‍वरले सुक्खा जमिनलाई भूमि भन्‍नुभयो+ र जम्मा भएको पानीलाई समुद्र भन्‍नुभयो।+ अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो।+ ११ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “भूमिले घाँसपात, बिउ लाग्ने किसिम-किसिमका बोटबिरुवा र फलमा बिउ हुने किसिम-किसिमका रूख उमारोस्‌।” तब त्यस्तै भयो। १२ अनि भूमिले किसिम-किसिमका घाँसपात, बिउ लाग्ने किसिम-किसिमका बोटबिरुवा+ र फलमा बिउ हुने किसिम-किसिमका रूख उमाऱ्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। १३ साँझ पऱ्‍यो र बिहान भयो—तेस्रो दिन।

१४ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “दिन र रात छुट्ट्याउनलाई+ आकाशमा ज्योतिहरू+ देखा परून्‌। तिनीहरूले ऋतु, दिन र वर्ष छुट्ट्याउने चिन्हको रूपमा काम गरून्‌।+ १५ ती ज्योतिहरू आकाशमा चम्कून्‌ र पृथ्वीलाई उज्यालो पारून्‌।” तब त्यस्तै भयो। १६ अनि परमेश्‍वरले दुई वटा ठूला ज्योति बनाउनुभयो—दिनको लागि ठूलो ज्योति+ र रातको लागि अलि सानो ज्योति। उहाँले ताराहरू पनि बनाउनुभयो।+ १७ यसरी परमेश्‍वरले ती ज्योतिहरू आकाशमा राख्नुभयो। ती ज्योतिहरूले गर्दा पृथ्वी उज्यालो होस्‌, १८ ती ज्योतिहरू दिन र रातमा चम्कून्‌ अनि तिनीहरूले गर्दा उज्यालो र अँध्यारो छुट्टियोस्‌+ भनेर परमेश्‍वरले त्यसो गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। १९ साँझ पऱ्‍यो र बिहान भयो—चौथो दिन।

२० त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पानी जीवजन्तुले* भरियोस्‌ र उड्‌ने जीवहरू* पृथ्वीमाथि फैलिएको आकाशमा उडून्‌।”+ २१ परमेश्‍वरले समुद्रमा बस्ने जातजातका विशाल जलजन्तु र पानीमा झुन्डझुन्ड बनाएर पौडने जातजातका जलजन्तु सृष्टि गर्नुभयो। साथै उहाँले आकाशमा उड्‌ने जातजातका जीवहरू पनि सृष्टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। २२ परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदै जाओ।+ अनि उड्‌ने जीवहरू पनि पृथ्वीमा बढ्‌दै जाऊन्‌।” २३ साँझ पऱ्‍यो र बिहान भयो—पाँचौँ दिन।

२४ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पृथ्वीमा जातजातका जीवजन्तु देखा परून्‌ अर्थात्‌ जातजातका घरपालुवा जनावर, जातजातका घस्रने जीवजन्तु* र जातजातका जङ्‌गली जनावर।”+ तब त्यस्तै भयो। २५ अनि परमेश्‍वरले पृथ्वीमा जातजातका जङ्‌गली जनावर, जातजातका घरपालुवा जनावर र जातजातका घस्रने जीवजन्तु बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो।

२६ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “आऊ, मानिसलाई हाम्रै+ स्वरूपमा,+ हामीजस्तै+ बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशमा उड्‌ने जीवहरू, घरपालुवा जनावर, घस्रने जीवजन्तु र सारा पृथ्वीमाथि अधिकार गरून्‌।”+ २७ अनि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। हो, आफ्नै स्वरूपमा उहाँले मानिसलाई सृष्टि गर्नुभयो; उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ २८ त्यसपछि परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्‌ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+

२९ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पृथ्वीका सबै बिउ लाग्ने बोटबिरुवा र फलमा बिउ हुने किसिम-किसिमका रूख मैले तिमीहरूलाई दिएको छु। ती तिमीहरूका लागि भोजन हुनेछन्‌।+ ३० अनि पृथ्वीमा भएका सबै जङ्‌गली जनावर, आकाशमा उड्‌ने सबै जीव अनि जमिनमा चलहल गर्ने सबै जीवजन्तुको निम्ति आहार होस्‌ भनेर मैले हरिया घाँसपात दिएको छु।”+ तब त्यस्तै भयो।

३१ त्यसपछि परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो, ती असाध्यै राम्रा थिए।+ साँझ पऱ्‍यो र बिहान भयो—छैटौँ दिन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने