प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • सनहेरिब यहुदालाई कब्जा गर्छन्‌ (१-३)

      • रबसाकेले यहोवालाई हाँक दिन्छ (४-२२)

यसैया ३६:१

मार्जिनल रेफरेन्स

  • +यसै १०:५
  • +२रा १८:१३; २इ ३२:१; यसै ८:७, ८; १०:२८-३२; ३३:८

यसैया ३६:२

फुटनोट

  • *

    वा “मद्य टक्य्राउने मुख्य सेवक।”

मार्जिनल रेफरेन्स

  • +२रा १९:८
  • +२इ ३२:९
  • +यसै ७:३
  • +२रा १८:१७, १८

यसैया ३६:३

मार्जिनल रेफरेन्स

  • +यसै २२:२०, २१
  • +२रा १९:२

यसैया ३६:४

मार्जिनल रेफरेन्स

  • +२रा १८:१९-२५; १९:१०

यसैया ३६:५

मार्जिनल रेफरेन्स

  • +२रा १८:१, ७

यसैया ३६:६

मार्जिनल रेफरेन्स

  • +२रा १७:४; यसै ३०:२, ७; यर्मि ३७:७

यसैया ३६:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा १८:१, ४; २इ ३१:१
  • +व्य १२:११; २इ ७:१२; ३२:१२

यसैया ३६:८

मार्जिनल रेफरेन्स

  • +२रा १८:१३

यसैया ३६:११

फुटनोट

  • *

    वा “सिरियाली।”

मार्जिनल रेफरेन्स

  • +यसै २२:१५
  • +२रा १८:१७
  • +एज्रा ४:७; दा २:४
  • +२रा १८:२६, २७

यसैया ३६:१३

मार्जिनल रेफरेन्स

  • +२इ ३२:१८
  • +२रा १८:२८-३५

यसैया ३६:१४

मार्जिनल रेफरेन्स

  • +२इ ३२:११, १५; दा ३:१५

यसैया ३६:१५

मार्जिनल रेफरेन्स

  • +२रा १९:२२

यसैया ३६:१७

मार्जिनल रेफरेन्स

  • +२रा १७:६, २२, २३

यसैया ३६:१८

मार्जिनल रेफरेन्स

  • +२रा १९:११, १२; २इ ३२:१४; यसै ३७:११, १२

यसैया ३६:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:२३
  • +२रा १७:२४
  • +२रा १७:६, २२, २३; यसै १०:११

यसैया ३६:२०

मार्जिनल रेफरेन्स

  • +२रा १९:१७, १८; २इ ३२:१५; यसै ३७:२३

यसैया ३६:२१

मार्जिनल रेफरेन्स

  • +२रा १८:३६, ३७; हित ९:७

यसैया ३६:२२

मार्जिनल रेफरेन्स

  • +यसै २२:१५

अरू

यसै. ३६:१यसै १०:५
यसै. ३६:१२रा १८:१३; २इ ३२:१; यसै ८:७, ८; १०:२८-३२; ३३:८
यसै. ३६:२२रा १९:८
यसै. ३६:२२इ ३२:९
यसै. ३६:२यसै ७:३
यसै. ३६:२२रा १८:१७, १८
यसै. ३६:३यसै २२:२०, २१
यसै. ३६:३२रा १९:२
यसै. ३६:४२रा १८:१९-२५; १९:१०
यसै. ३६:५२रा १८:१, ७
यसै. ३६:६२रा १७:४; यसै ३०:२, ७; यर्मि ३७:७
यसै. ३६:७२रा १८:१, ४; २इ ३१:१
यसै. ३६:७व्य १२:११; २इ ७:१२; ३२:१२
यसै. ३६:८२रा १८:१३
यसै. ३६:११यसै २२:१५
यसै. ३६:११२रा १८:१७
यसै. ३६:११एज्रा ४:७; दा २:४
यसै. ३६:११२रा १८:२६, २७
यसै. ३६:१३२इ ३२:१८
यसै. ३६:१३२रा १८:२८-३५
यसै. ३६:१४२इ ३२:११, १५; दा ३:१५
यसै. ३६:१५२रा १९:२२
यसै. ३६:१७२रा १७:६, २२, २३
यसै. ३६:१८२रा १९:११, १२; २इ ३२:१४; यसै ३७:११, १२
यसै. ३६:१९यर्मि ४९:२३
यसै. ३६:१९२रा १७:२४
यसै. ३६:१९२रा १७:६, २२, २३; यसै १०:११
यसै. ३६:२०२रा १९:१७, १८; २इ ३२:१५; यसै ३७:२३
यसै. ३६:२१२रा १८:३६, ३७; हित ९:७
यसै. ३६:२२यसै २२:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ३६:१-२२

यसैया

३६ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+ २ त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना+ यरुसलेममा राजा हिजकियाहकहाँ पठाए।+ तिनीहरू माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए,+ जुन धोबीको चौर जाने मूलबाटोको छेउमा थियो।+ ३ तब हिल्कियाहका छोरा एलियाकिम,+ जसले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सचिव सेब्ना+ अनि आसापका छोरा योआ, जो लेखनदास थिए, तिनीहरू रबसाकेलाई भेट्‌न आए।

४ रबसाकेले तिनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्‍नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+ ५ तिमी भन्छौ, ‘युद्ध लड्‌न मसित रणनीति र शक्‍ति छ’ तर यी सब खोक्रा कुरा हुन्‌। कोमाथि भरोसा गरेर तिमीले मेरो विद्रोह गर्ने आँट गऱ्‍यौ?+ ६ हेर, तिमीले भरोसा गरेको मिश्र त भाँचिएको नर्कट हो। जसले त्यसमा आड लिन्छ, त्यसले उसैको हात छेड्‌छ। हो, ज-जसले मिश्रका फारोमाथि भरोसा गर्छन्‌, तिनीहरू सबैको हालत यस्तै हुन्छ।+ ७ यदि तिमीहरू ‘हामी त हाम्रा परमेश्‍वर यहोवामा भरोसा गर्छौँ’ भनेर भन्छौ भने सुन: के त्यो उही ईश्‍वर होइन, जसका अग्ला थानहरू* अनि वेदीहरू हटाएर+ हिजकियाहले यहुदा अनि यरुसलेमलाई ‘तिमीहरू यो वेदीसामु निहुरिनू’ भन्दै छन्‌?”’+ ८ त्यसैले आऊ, मेरा मालिक अस्सेरियाका राजासित यस्तो बाजी थाप:+ यदि तिमीले २ हजार घोडाको लागि घोडचढी खोजेर ल्याउन सक्यौ भने म तिमीलाई ती सबै घोडा दिनेछु। ९ यदि तिमी रथ र घोडचढीको लागि त मिश्रको मुख ताक्छौ भने हामीसित कसरी लड्‌ने आँट गर्छौ? तिमीले त मेरा मालिकको सबैभन्दा सानो सेवक, एक जना राज्यपाललाई समेत यहाँबाट धपाउन सक्दैनौ। १० अनि तिमीलाई के लाग्छ? के म यहोवाको अनुमति नलिईकनै यस देशलाई नाश गर्न आएको हुँ? यहोवा आफैले मलाई यसो भनेको छ, ‘गएर त्यस देशलाई नाश गर्‌।’”

११ तब एलियाकिम, सेब्ना+ र योआले रबसाकेलाई यसो भने:+ “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा कुरा गर्नुहोस्‌।+ हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस्‌ किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्‌।”+ १२ तर रबसाकेले यसो भने: “के मेरा मालिकले तिमीहरू अनि तिमीहरूको मालिकलाई मात्र यो कुरा भन्‍न मलाई पठाउनुभएको हो? यो कुरा पर्खालमा भएका मानिसहरूले पनि सुन्‍नुपर्छ किनकि तिनीहरूले पनि तिमीहरूसँगै आफ्नो दिसा-पिसाब खानुपर्नेछ।”

१३ त्यसपछि रबसाके उठे र यहुदीहरूको भाषामा ठूलो स्वरले यसो भने:+ “अस्सेरियाका महाराजाधिराजको सन्देश सुन।+ १४ राजा यसो भन्‍नुहुन्छ, ‘हिजकियाहले तिमीहरूलाई बहकाउन नपाओस्‌, उसले तिमीहरूलाई बचाउन सक्दैन।+ १५ अनि हिजकियाहको यो कुरा पत्याएर तिमीहरू यहोवामा भर नपर:+ “यहोवाले हामीलाई पक्कै बचाउनुहुनेछ। उहाँले यस सहरलाई अस्सेरियाका राजाको हातमा पर्न दिनुहुनेछैन।” १६ हिजकियाहको कुरा नसुन किनकि अस्सेरियाका राजा यसो भन्‍नुहुन्छ: “आत्मसमर्पण गर र मसित मिलाप गर। त्यसो गऱ्‍यौ भने तिमीहरू हरेकले आफ्नै अङ्‌गुर बगानबाट र आफ्नै अन्जिरको बोटबाट फल खान पाउनेछौ अनि आफ्नै कुवाको पानी पिउन पाउनेछौ। १७ अनि म आएर तिमीहरूलाई प्रशस्तै अन्‍न, नयाँ मद्य, रोटी र अङ्‌गुर बगान भएको तिमीहरूको जस्तै देशमा लैजानेछु।+ १८ हिजकियाहले यसो भनेर तिमीहरूलाई भ्रममा नपारोस्‌, ‘यहोवाले हामीलाई बचाउनुहुनेछ।’ के अहिलेसम्म कुनै जातिका ईश्‍वरले अस्सेरियाका राजाको हातबाट आफ्नो देशलाई बचाउन सकेको छ?+ १९ हमाथ र अर्पादका देवताहरू कहाँ गए?+ सेफर्बेमका देवताहरू कहाँ छन्‌?+ के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाउन सके?+ २० यीमध्ये कुनै पनि जातिका ईश्‍वरले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेनन्‌ भने के यहोवाले चाहिँ यरुसलेमलाई मेरो हातबाट बचाउन सक्ला?”’”+

२१ तर तिनीहरू चुपचाप बसे र एक शब्द बोलेनन्‌। किनकि राजा हिजकियाहले यस्तो आज्ञा दिएका थिए, “तिमीहरूले तिनलाई केही जवाफ नदिनू।”+ २२ तर हिल्कियाहका छोरा एलियाकिम, जसले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सचिव सेब्ना+ अनि आसापका छोरा योआ, जो लेखनदास थिए, तिनीहरूले आ-आफ्नो लुगा च्याते र हिजकियाहकहाँ गएर रबसाकेले भनेका कुरा तिनलाई सुनाए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने