प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • इस्राएलको पापले दुःख निम्त्यायो (१-३)

      • यहोवाको आज्ञाकारी सेवक (४-११)

        • सिकाउनेको बोली र ध्यान दिने कान (४)

यसैया ५०:१

मार्जिनल रेफरेन्स

  • +व्य २४:१
  • +२रा १७:१६, १७
  • +यसै ५९:२; यर्मि ३:१

यसैया ५०:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ३५:१५
  • +यसै ४०:२८; ५९:१
  • +प्रस्थ १४:२१, २९; भज १०६:९; यसै ५१:१०
  • +भज १०७:३३; ११४:१, ३; यसै ४२:१५; नहु १:४

यसैया ५०:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १०:२१

यसैया ५०:४

फुटनोट

  • *

    वा “तालिम पाएको जिब्रो।”

  • *

    वा सम्भवतः “बल पाउनेगरि।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:११; यर्मि १:९
  • +युह ७:१५, ४६
  • +मत्ति १३:५४

यसैया ५०:५

मार्जिनल रेफरेन्स

  • +भज ४०:६-८
  • +मत्ति २६:३९; फिलि २:८

यसैया ५०:६

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६७; मर्कु १४:६५; लुका २२:६३; युह १८:२२

यसैया ५०:७

मार्जिनल रेफरेन्स

  • +यसै ४९:८
  • +इज ३:८, ९

यसैया ५०:८

मार्जिनल रेफरेन्स

  • +रोमी ८:३३

यसैया ५०:१०

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१; ५३:११

अरू

यसै. ५०:१व्य २४:१
यसै. ५०:१२रा १७:१६, १७
यसै. ५०:१यसै ५९:२; यर्मि ३:१
यसै. ५०:२यर्मि ३५:१५
यसै. ५०:२यसै ४०:२८; ५९:१
यसै. ५०:२प्रस्थ १४:२१, २९; भज १०६:९; यसै ५१:१०
यसै. ५०:२भज १०७:३३; ११४:१, ३; यसै ४२:१५; नहु १:४
यसै. ५०:३प्रस्थ १०:२१
यसै. ५०:४प्रस्थ ४:११; यर्मि १:९
यसै. ५०:४युह ७:१५, ४६
यसै. ५०:४मत्ति १३:५४
यसै. ५०:५भज ४०:६-८
यसै. ५०:५मत्ति २६:३९; फिलि २:८
यसै. ५०:६मत्ति २६:६७; मर्कु १४:६५; लुका २२:६३; युह १८:२२
यसै. ५०:७यसै ४९:८
यसै. ५०:७इज ३:८, ९
यसै. ५०:८रोमी ८:३३
यसै. ५०:१०यसै ४२:१; ५३:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५०:१-११

यसैया

५० यहोवा यसो भन्‍नुहुन्छ:

“तिमीहरूकी आमालाई टाढा पठाउँदा मैले छोडपत्र+ दिएको थिएँ र?

आफ्नो ऋण तिर्न मैले तिमीहरूलाई बेचेको हुँ र?

तिमीहरू त आफ्नै पापको कारण+ बेचिएका हौ,

तिमीहरूकै अपराधका कारण तिमीहरूकी आमालाई टाढा पठाउनुपऱ्‍यो।+

 २ उसोभए म यहाँ आउँदा किन कोही मकहाँ आएन?

मैले बोलाउँदा किन कसैले जवाफ दिएन?+

तिमीहरूलाई छुटाउनै नसक्नेगरि मेरो हात छोटो भएको छ र?

वा तिमीहरूलाई बचाउनै नसक्नेगरि मेरो शक्‍ति घटेको छ र?+

मैले हपार्दा समुद्र सुक्छ;+

म नदीलाई सुकाउँछु।+

पानी नपाएर माछाहरू छटपटाएर मर्छन्‌,

पानी नभएकोले तिनीहरू कुहिन्छन्‌।

 ३ आकाशलाई म अन्धकारले ढाक्छु;+

बाक्लो भाङ्‌ग्राले म त्यसलाई छोप्छु।”

 ४ ब्रह्‍माण्डका मालिक यहोवाले मलाई सिकाउनुभएको छ र मलाई यस्तो बोली* दिनुभएको छ,+

जसको कारण थाकेकाहरूले स्फूर्ति पाउनेगरि* म जवाफ दिन सक्छु।+

उहाँ मलाई हरेक बिहान उठाउनुहुन्छ र सिक्ने मानिसले झैँ ध्यान दिन सकूँ भनेर

मेरो कान खोलिदिनुहुन्छ।+

 ५ ब्रह्‍माण्डका मालिक यहोवाले मेरो कान खोलिदिनुभएको छ,

मैले विद्रोह गरिनँ+

अनि म उहाँदेखि टाढा गइनँ।+

 ६ कोर्रा लगाउनेहरूलाई मैले आफ्नो पिठिउँ थापेँ।

दाह्री लुछ्‌न आउनेहरूलाई मैले आफ्नो गाला फर्काएँ।

मेरो अपमान गर्ने र मलाई थुक्नेहरूदेखि मैले आफ्नो अनुहार लुकाइनँ।+

 ७ तैपनि म आफ्नो बेइज्जत भएको ठान्दिनँ

किनभने ब्रह्‍माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।+

मैले आफ्नो अनुहार चकमक ढुङ्‌गाझैँ कडा बनाएको छु,+

म लज्जित हुनुपर्दैन भनेर मलाई थाह छ।

 ८ मलाई धर्मी ठहराउनुहुने परमेश्‍वर मेरो नजिकै हुनुहुन्छ।

मलाई कसले दोष लगाउन सक्छ?+

उठ, हामी बहस गरौँ।

मलाई मुद्दा हाल्ने को छ?

ऊ मेरो अगाडि आओस्‌।

 ९ हेर! ब्रह्‍माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।

मलाई कसले दोषी साबित गर्न सक्छ?

हेर! तिनीहरू सबै लुगाझैँ मक्किएर जानेछन्‌।

तिनीहरूको हालत किराले खाएको कपडाझैँ हुनेछ।

१० तिमीहरूबीच यहोवाको डर मान्‍ने कोही छ?

अनि उहाँको सेवकको कुरा सुन्‍ने कोही छ?+

ज्योतिबिना घोर अन्धकारमा हिँड्‌नुपरेको कोही छ?

उसले यहोवाको नाममाथि भरोसा गरोस्‌, परमेश्‍वरमाथि ऊ भर परोस्‌।

११ “तिमीहरू सबै जो झिल्का उड्‌नेगरि आगो बाल्छौ,

तिमीहरू आफूले बालेको आगोको उज्यालोमा हिँड।

त्यसबाट निस्केको झिल्काको बीचबाट हिँड।

मेरो हातबाट तिमीहरूले यस्तो दण्ड पाउनेछौ:

असह्‍य पीडाले तिमीहरू ढल्नेछौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने