प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • यरुसलेमका ख्रिष्टियनहरूको निम्ति चन्दा (१-४)

      • पावलको यात्राको योजना (५-९)

      • तिमोथि र अपोल्लसको यात्राको योजना (१०-१२)

      • आग्रह र अभिवादन (१३-२४)

१ कोरिन्थी १६:१

मार्जिनल रेफरेन्स

  • +प्रे २४:१७; रोमी १५:२६; २को ८:३, ४

१ कोरिन्थी १६:३

मार्जिनल रेफरेन्स

  • +२को ८:१९

१ कोरिन्थी १६:५

मार्जिनल रेफरेन्स

  • +प्रे १९:२१; २को १:१५, १६

१ कोरिन्थी १६:७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे २०:२

१ कोरिन्थी १६:८

मार्जिनल रेफरेन्स

  • +प्रे १९:१

१ कोरिन्थी १६:९

मार्जिनल रेफरेन्स

  • +प्रे १९:१०, ११

१ कोरिन्थी १६:१०

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे १६:१, २
  • +फिलि २:१९, २०

१ कोरिन्थी १६:१२

मार्जिनल रेफरेन्स

  • +प्रे १८:२४, २५

१ कोरिन्थी १६:१३

फुटनोट

  • *

    वा “पुरुषार्थ देखाइरहो।”

मार्जिनल रेफरेन्स

  • +१थि ५:६
  • +१को १५:५८; फिलि १:२७
  • +प्रे ४:२९
  • +एफि ६:१०; कल १:११

१ कोरिन्थी १६:१४

मार्जिनल रेफरेन्स

  • +१को १३:४; १प ४:८

१ कोरिन्थी १६:१६

मार्जिनल रेफरेन्स

  • +फिलि २:२९, ३०; १थि ५:१२; १ति ५:१७

१ कोरिन्थी १६:१७

मार्जिनल रेफरेन्स

  • +१को १:१६

१ कोरिन्थी १६:१९

मार्जिनल रेफरेन्स

  • +रोमी १६:३, ५; फिले २

अरू

१ कोरि. १६:१प्रे २४:१७; रोमी १५:२६; २को ८:३, ४
१ कोरि. १६:३२को ८:१९
१ कोरि. १६:५प्रे १९:२१; २को १:१५, १६
१ कोरि. १६:७प्रे २०:२
१ कोरि. १६:८प्रे १९:१
१ कोरि. १६:९प्रे १९:१०, ११
१ कोरि. १६:१०प्रे १६:१, २
१ कोरि. १६:१०फिलि २:१९, २०
१ कोरि. १६:१२प्रे १८:२४, २५
१ कोरि. १६:१३१थि ५:६
१ कोरि. १६:१३१को १५:५८; फिलि १:२७
१ कोरि. १६:१३प्रे ४:२९
१ कोरि. १६:१३एफि ६:१०; कल १:११
१ कोरि. १६:१४१को १३:४; १प ४:८
१ कोरि. १६:१६फिलि २:२९, ३०; १थि ५:१२; १ति ५:१७
१ कोरि. १६:१७१को १:१६
१ कोरि. १६:१९रोमी १६:३, ५; फिले २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी १६:१-२४

पहिलो कोरिन्थी

१६ अब पवित्र जनहरूको निम्ति उठाइने चन्दाको विषयमा+ गलातियाका मण्डलीहरूलाई मैले जे निर्देशन दिएँ, तिमीहरू पनि त्यहीबमोजिम गर्न सक्छौ। २ हरेक हप्ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो औकातअनुसार केही छुट्ट्याएर राख्नू ताकि म आउँदा चन्दा सङ्‌कलन गर्न नपरोस्‌। ३ अनि तिमीहरूले आफ्ना पत्रहरूमा ज-जसलाई सिफारिस गरेका छौ, म त्यहाँ आएपछि तिनीहरूलाई नै तिमीहरूले राजीखुसीले दिएको चन्दा दिएर यरुसलेम पठाउँला।+ ४ तथापि म आफै त्यहाँ जान उपयुक्‍त भयो भने तिनीहरू पनि मसँगै जानेछन्‌।

५ तर म्यासिडोनियाको यात्रा गरेपछि म तिमीहरूकहाँ आउनेछु किनभने म म्यासिडोनिया भएरै आउनेछु+ ६ अनि सायद म तिमीहरूकहाँ केही दिन वा हिउँदभरि बसुँला, त्यसपछि म जहाँ जाउँला, तिमीहरूले मलाई अलि परसम्म पुऱ्‍याइदिनू। ७ अहिले म तिमीहरूलाई यात्राको बीचमा एकैछिनको लागि मात्र भेटेर जान चाहन्‍नँ किनकि यहोवा* परमेश्‍वरको अनुमति भए तिमीहरूसित केही समय बिताउने आशा मैले राखेको छु।+ ८ तर पेन्तिकोसको चाड नसिद्धिएसम्म म एफिससमै बस्छु+ ९ किनकि सेवा गर्ने मौकाको ठूलो ढोका मेरो निम्ति खुलेको छ+ तर विरोध गर्नेहरू पनि धेरै छन्‌।

१० यदि तिमोथि+ तिमीहरूकहाँ आए भने तिमीहरूले तिनलाई ढुक्क महसुस गराउनू किनकि मजस्तै तिनी पनि यहोवा* परमेश्‍वरको काम गर्दै छन्‌।+ ११ तसर्थ कसैले तिनलाई हेला नगरोस्‌। बरु तिनलाई सकुशल बिदा गरिदेओ ताकि तिनी यहाँ मकहाँ आउन सकून्‌ किनकि म र अरू भाइहरू तिनलाई पर्खिरहेका छौँ।

१२ अब हाम्रा भाइ अपोल्लसलाई+ भाइहरूसँगै तिमीहरूकहाँ जान मैले निकै आग्रह गरेको थिएँ तर तिनी अहिले तिमीहरूकहाँ आउन चाहेनन्‌। तर पछि मौका मिलेपछि तिनी आउनेछन्‌।

१३ जागा रहो,+ विश्‍वासमा स्थिर भएर बस,+ साहसी होओ,*+ पराक्रमी हुँदै जाओ।+ १४ तिमीहरूबीच सबै काम प्रेमपूर्वक होस्‌।+

१५ अब हे भाइ हो, स्तिफनासको घराना अखैयाको पहिलो फल हुन्‌ र पवित्र जनहरूको सेवामा तिनीहरूले आफैलाई अर्पण गरेका छन्‌ भनेर तिमीहरूलाई थाहै छ। त्यसैले म तिमीहरूलाई यस्तो आग्रह गर्छु: १६ तिमीहरू पनि यस्ता मानिसहरूको अनि सहयोग गर्ने र मेहनत गर्ने सबैको अधीनमा बस्ने गर।+ १७ तर स्तिफनास,+ फोर्टुनाटस र अखाइकस यहाँ भएकोले म खुसी छु किनकि तिनीहरूले मलाई तिमीहरूको कमी महसुस हुन दिएका छैनन्‌। १८ तिनीहरूले मलाई अनि तिमीहरूलाई स्फूर्ति दिएका छन्‌। त्यसैले यस्ता मानिसहरूको कदर गर।

१९ एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। अक्विला र प्रिस्का अनि तिनीहरूको घरमा भेला हुने मण्डलीले+ तिमीहरूलाई प्रभुमा हार्दिक अभिवादन पठाएका छन्‌। २० सबै भाइले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। पवित्र चुम्बनले एकअर्कालाई अभिवादन गर।

२१ अब म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु।

२२ यदि कसैले प्रभुलाई माया गर्दैन भने त्यो श्रापित होस्‌। हे हाम्रा प्रभु, आउनुहोस्‌! २३ प्रभु येसुको असीम अनुग्रह तिमीहरूसित रहोस्‌। २४ तिमीहरू सबै, जो ख्रिष्ट येसुका चेलाहरू हौ, तिमीहरूलाई मेरो प्रेम।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने