-
उत्पत्ति ४०:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसको तीन दिनपछि फारोको जन्मदिन थियो।+ त्यतिखेर तिनले एउटा ठूलो भोज लगाए र आफ्ना सबै सेवकलाई निम्तो दिए। फारोले मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्सेलाई ती सबै सेवकसामु उभ्याए। २१ फारोले मद्य टक्य्राउने मुख्य सेवकलाई पहिलाकै काममा नियुक्त गरे र उनले पहिलेजस्तै फारोलाई मद्य टक्य्राउन थाले। २२ तर मुख्य भान्सेलाई भने फारोले झुन्ड्याइदिए। युसुफले सपनाको अर्थ जस्तो खोलिदिएका थिए, त्यस्तै भयो।+
-