जुलाई २८–अगस्त ३
हितोपदेश २४
गीत ३८ र प्रार्थना | परिचय (१ मि.)
१. कठिनाइहरूको सामना गर्न आफूलाई बलियो बनाउनुहोस्
(१० मि.)
ज्ञान लिइरहनुहोस् र बुद्धिमान् हुनुहोस् (हित २४:५; w२३.०७ पृ. १८ अनु. १५)
निराश हुँदा पनि आफ्नो आध्यात्मिक तालिका कायम राख्नुहोस् (हित २४:१०; w०९ १२/१ पृ. २० अनु. १२-१३)
यहोवाप्रतिको बलियो विश्वास र प्रेमले कठिनाइहरू सफलतापूर्वक पार गर्न मदत गर्छ (हित २४:१६; w२०.१२ पृ. १५)
२. बहुमूल्य रत्न
(१० मि.)
हित २४:२७—यस पदबाट हामी के सिक्न सक्छौँ? (lvs पृ. १३७ अनु. १३-१५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित २४:१-२० (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(२ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिन नपाउँदै कुराकानी टुङ्गिन्छ। (lmd पाठ २ बुँदा ४)
५. कुराकानी थाल्नुहोस्
(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ३ बुँदा ४)
६. कुराकानी थाल्नुहोस्
(३ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (lmd पाठ ४ बुँदा ३)
७. भाषण
(३ मि.) lmd अतिरिक्त लेख क बुँदा ११—विषय: परमेश्वर हामीसित बाइबलमार्फत कुरा गर्नुहुन्छ। (th बुँदा ६)
गीत ९९
८. कठिनाइहरू आइपर्दा एकअर्कालाई मदत गर्नुहोस्
(१५ मि.) छलफल।
महामारी, प्राकृतिक प्रकोप, देशभित्र मच्चिने कलह, युद्ध वा खेदोजस्ता कुराहरू अचानक आइपर्न सक्छ। यस्ता कठिनाइहरू आइपर्दा मारमा परेका भाइबहिनीहरूले एकअर्कालाई मदत र प्रोत्साहन दिन्छन्। तर हामी त्यसको प्रत्यक्ष मारमा परेका छैनौँ भने पनि ती भाइबहिनीप्रति समानुभूति देखाउँदै आफ्नो तर्फबाट मदत गर्न सक्दो गर्छौँ।—१को १२:२५, २६.
पहिलो राजा १३:६ र याकुब ५:१६ख पढ्नुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
परमेश्वरका जनहरूले अरूको लागि गर्ने प्रार्थनामा शक्ति छ भनेर किन भन्न सक्छौँ?
मर्कुस १२:४२-४४ र २ कोरिन्थी ८:१-४ पढ्नुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
खाँचोमा परेका भाइबहिनीलाई मदत गर्न हामी विश्वव्यापी कार्यको लागि खासै धेरै अनुदान दिन सक्दैनौँ होला, तैपनि हामी किन हिचकिचाउनु पर्दैन?
प्रतिबन्धको बेला भाइहरूलाई बलियो बनाउँदै भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
हाम्रो काममा प्रतिबन्ध लागेको पूर्वीय युरोपमा भाइहरूले सङ्गी ख्रिष्टियनलाई मदत गर्न कस्ता त्यागहरू गरे?
प्रतिबन्धको बेला हाम्रा भाइहरूले एक ठाउँमा भेला हुने र एकअर्कालाई प्रोत्साहन दिने आज्ञा कसरी पालन गरे?—हिब्रू १०:२४, २५.
९. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ४-५