-
उत्पत्ति ४१:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब नाइल नदीबाट सात वटा मोटाघाटा र चिल्ला गाई निस्के र किनारामा चर्न थाले।+ ३ त्यसपछि त्यही नदीबाट हाड र छाला मात्र भएका सात वटा ख्याउटे गाई निस्के र पहिले निस्केका मोटाघाटा गाईसँगै नदीको किनारामा उभिए। ४ त्यसपछि हाड र छाला मात्र भएका ख्याउटे गाईले मोटाघाटा र चिल्ला सात वटा गाईलाई निल्न थाले। त्यतिकैमा फारो झल्याँस्स ब्युँझिए।
-