७ राजाले ठूलो स्वरमा तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू र ज्योतिषीहरूलाई बोलाउने आदेश दिए।+ राजाले बेबिलोनका बुद्धिमान् मानिसहरूलाई यसो भने: “जसले यो पढेर मलाई यसको अर्थ बताउन सक्छ, उसलाई बैजनी रङ्गको वस्त्र पहिऱ्याइनेछ, गलामा सुनको हार लगाइदिइनेछ+ र ऊ यो राज्यको तेस्रो ठूलो शासक हुनेछ।”+