-
उत्पत्ति ३५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनीहरूले आफूसित भएका विदेशी देवीदेवताका मूर्ति र कानमा लगाएको कुण्डल याकुबलाई दिए। अनि याकुबले ती लगेर सकेमनजिकैको ठूलो रूखमुनि गाडे।*
-
-
व्यवस्था ११:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन्छु भन्नुभएको देश अधिकार गरिसकेपछि तिमीहरूले गिरिज्जिम डाँडामा आशिष्को र एबाल डाँडामा सरापको घोषणा गर्नू।+ ३० अराबाहमा बस्ने कनानीहरूको देशमा भएका यी डाँडाहरू यर्दनपारि पश्चिमतिर गिलगालको अगाडि छन् भनेर तिमीहरूलाई थाहै छ, जहाँ मोरेका ठूलठूला रूखहरू पनि छन्।+
-