३४ एसाव ४० वर्षको हुँदा तिनले हित्ती बिरिकी छोरी युदिथ र हित्ती एलोनकी छोरी बास्मथसित विवाह गरे।+३५ आफ्ना बुहारीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो भयो।+
४६ त्यसपछि रिबेकाले इसहाकलाई दिनहुँ यसो भन्न थालिन्: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो।+ याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!”+