८ त्यसैले मलाई यहाँ पठाउने तपाईँहरू होइन, साँचो परमेश्वर नै हुनुहुन्छ। उहाँले नै मलाई फारोको प्रमुख सल्लाहकार* नियुक्त गर्नुभयो, तिनको घरको हर्ताकर्ता बनाउनुभयो र पूरै मिश्र मेरो हातमा सुम्पनुभयो।+
२६ तिनका बुबाले दिएका यी आशिष्हरू युगयुगदेखिका पहाडहरूभन्दा उत्तम अनि कहिल्यै नडगमगाउने पहाडहरूभन्दा पनि मनमोहक छन्।+ आफ्ना दाजुभाइबाट अलग पारिएका युसुफमाथि यी आशिष्हरू सधैँभरि लागोस्; तिनका शिरमा यी आशिष्हरू सधैँभरि बर्सिरहोस्।+